+
+
Shares

तीन रुटमा प्रहरीको निःशुल्क बस सेवा

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २५ गते १५:१२

police-bus-route

२५ असोज, काठमाडौं । नेपाल प्रहरीले आइतबारदेखि सुरु गरेको निःशुल्क बस सेवालाई विस्तार गरेको छ । हिजो रिङरोड क्षेत्रमा सेवा दिएको प्रहरीको बसले सोमबारदेखि ३ वटा महत्वपूर्ण रुटमा सेवा दिन सुरु गरेको छ ।

प्रहरीहरु ओसार्न प्रयोग हुने बसले काठमाडौंका विभिन्न रुटमा सेवा दिन सुरु गरेका हुन् । इनधन अभावमा सार्वजनिक र निजी सवारी कम चलेपछि प्रहरीले यात्रुलाई सहज गर्न भन्दै बसे सेवा सुरु गरेको हो ।

काठमाडौं उपत्यकाको तीनवटा रुटमा महत्वपूर्ण रुटमा एक-एक वटा बस सञ्चालन गरिएको छ । प्रहरीले नक्सालबाट बिहान ११ बजे छुट्ने बसले पुतलिसडक-माइतीघर-कुपण्डोल-पुल्चोक-जाउलाखेल-एकान्कुना-बल्खु-कलंकी-कालीमाटी-त्रिपुरेश्वर-सहीदगेट-रत्नपार्क-दरबारमार्ग हुँदै पुन नक्सालसम्म सेवा दिने छ ।

यसैगरी ११ बजे नै नक्सालबाट छुट्ने अर्को बसले मैतीदेवी-गौशाला-कोटेश्वर-तीनकुने-बबरमहल-माइतीघर-त्रिपुरेश्वर-सहीदगेट-लैनचौर-लाजिम्पाट-नरायणगोपालचोक-बालुवटार हुँदै नक्सालसम्म सेवा दिने प्रहरीले जानकारी दिएको छ ।

यस्तै बिहान ११ बजे नै नक्सालबाट छुट्ने अर्को बस जयनेपाल हल-लैनचौर-सोह्रखुट्टे, नयाँबजार-बालाजुचोक-नयाँ बसपार्क-तिलिङ्गेटार-नारायणगोपालचोक-सुकेधाराचोक र रातो पुल हुँदै नक्सालसम्म यात्रु सेवा दिने छ ।

बसमामा चढ्नेहरुले गाडी भाडा तिर्न नपर्ने प्रहरीले जनाएको छ । प्रहरीले बस छुट्ने समय, रुट र सम्बन्धित स्थानमा आईपुग्ने तालिका फेसबुक मार्फत सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?