+
+
Shares

अनौठो अफर : डिभोर्स गरेकालाई सित्तैमा बिहेबारी

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २७ गते ९:५९

Marrigeशीर्षक पढ्दैमा अचम्म मान्नुभयो हैन ? हो, यो अचम्मै पार्ने खालको मज्जाको अफरले आजकल चीनमा खुबै धमाका पिटिरहेको छ । एक म्यारिज ब्युरोले यस्तो घोषणा गरेको छ की यदि कुनै व्यक्तिको डिभोर्स भएको छ भने उसले सित्तैमा अर्को बिहे गरिदिन्छ ।

म्यारिज ब्युरोले सार्वजनिक गरेको स्किम अनुसार बिहे गरेको एक वर्षमै डिभोर्स गरेका युवकका लागि उसले आफै नयाँ दुलही खोजिदिनेछ ।

यतिमात्र होइन उसले मनपर्ने खालको बेहुली खोजिदिनेछ । ब्युरोले खोजिदिने नयाँ बेहुली पक्कापक्की कुमारी केटी हुने दाबी समेत गरिएको छ । तिन महिनाको लागि यो अफर लागु गरिएको छ र दुलही खोज्नेदेखि लिएर बिहेको सबै खर्च म्यारिज ब्युरोले नै बेहोर्ने बताइएको छ ।

पछिल्लो समय चीनमा विवाहित जोडीहरुको सम्बन्ध विच्छेदका घटना निकै बढिरहेका छन् । डिभोर्स गरेपछि महिला तथा पुरुषहरुमा अर्को बिहे नगरीकनै बस्ने प्रवृत्ति देखिएको र बिहेदेखि वाक्क मान्ने प्रवृत्ति देखिएपछि सांघाइका बुद्धिजिवीहरु भेला भए र यसको निरुपणका विषयमा छलफल गरे । सोही छलफलको निष्कर्ष अनुसार उक्त म्यारिज ब्युरोले यस्तो खाले अफर घोषणा गरेको हो ।

अझ रोचक कुरा त के भने डिभोर्स गरेका युवकहरुको सित्तैमा दोश्रो विवाह गराउँदा म्यारिज ब्युरोले चिनिया केटीसँग बिवाह गराउने छैन । चिनिया युवकका लागि भियतनामी केटी खोजेर बिहेबारी गराइनेछ । भियतनामी केटीहरु बढि इमान्दार हुने र घरबार राम्रोसँग बसाउने विश्वास म्यारिज ब्युरोको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?