+
+
Shares

ओलीको सरकारले राष्ट्रपति चुनावपछि मात्र पूर्णता पाउने

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ३० गते १९:३०

Pm Kp Oli (2)
३० असोज,काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति चुनावअघि मन्त्रिपरिषदले पूर्णता नपाउने भएको छ । यसबीचमा प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद बिस्तार भने गर्नेछन् ।

‘यसबीचमा आवश्यकता अनुसार प्रधानमन्त्रीले केही मन्त्री थप्न सक्नुहुन्छ तर सरकारले पूर्णता चाहिँ राष्ट्रपति चुनावपछि मात्रै पाउछ’ एमाले केन्द्रीय कार्यालयका सचिव कृष्ण गोपाल श्रेष्ठले भने ।

राष्ट्रपति उपराष्ट्रपतिको चुनाव कात्तिक १० गतेभित्र हुनेछ । यसबीचमा मन्त्रालय बाँडफाँड र न्युनतम साझा कार्यक्रम तय गर्न छलफल शुरु भएको श्रेष्ठले बताए ।

सत्ता साझेदार दलहरुबीच मन्त्रालय बाँडफाँड नटुंगिएको,दलहरुभित्र मन्त्री छान्ने प्रक्रिया कठिन भएको र कुन कुन साना दललाई मन्त्री दिने भन्ने समेत टुंगो नलागेका कारण सरकारले दसैंंअघि पूर्णता नपाउने भएको हो ।

जम्मा २६ मन्त्रालयमध्ये राप्रपा नेपाल र फोरम लोकतान्त्रिकले तीन तीन मन्त्रालय पाउने लगभग टुंगो लागेको छ । तर राप्रपाले समेत २ मन्त्रालय मागेपछि प्रधानमन्त्री अप्ठेरोमा परेका छन् ।

१४ सांसद भएको फोरम लोकतान्त्रिकले ३ मन्त्रालय पाउने हो भने १२ सांसद रहेको राप्रपाले पनि दुई मन्त्रालय पाउनुपर्ने दावी प्रधानमन्त्री समक्ष राखेको छ । फोरम लोकतान्त्रिकलाई दुई मन्त्रालय मात्र दिन प्रधानमन्त्रीमाथि दबाब छ ।

त्यस्तै एमाओवादीले ८ मन्त्रालय दावी गरेको छ । तर सभामुख समेत पाइसकेका कारण एमाओवादीलाई बढिमा ७ मन्त्रालय दिने सम्भावना रहेको स्रोतले जनाएको छ । एमालेले एमाओवादीलाई ६ मन्त्रालय लिन आग्रह गरेको छ ।

एमालेले बढिमा १० मन्त्रालय पाउनेछ भने अन्य साना दललाई तीनओटासम्म मन्त्रालय छुट्याउने तयारी रहेको एमाले केन्द्रीय कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए ।

सीपीले उपप्रधानमन्त्री मागे

झापा क्रान्तिका बेला केपी ओलीको समेत नेता रहेका सीपी मैनालीले आफ्ना सहयोद्धाको क्याबिनेटमा उपप्रधानमन्त्री दावी गरेका छन् । ‘उपपधानमन्त्री पाए सीपी कमरेड मन्त्री हुने चाहना छ’ एमाले सचिव श्रेष्ठले भने ।

उप नपाए पनि पाँच सांसद रहेको मालेले एक मन्त्री पाउनेछ । त्यस्तै तीन सांसद रहेको नेकपा संयुक्तले पनि एक मन्त्री दावी गरेको छ ।

चित्रवहादुर सरकारमा जाने ?

संसदीय राजनीतिमा सहभागी भए पनि कहिल्यै सरकारमा सहभागी नभएका नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चा हुन् ।

तर यसपटक नेकपा मसालको बैधानिक मोर्चा राष्ट्रिय जनमोर्चामा पनि सरकारमा जान खोजेको छ । यद्यपी निर्णय भइ नसकेको सांसद दुर्गा पौडेलले बताइन् ।

सानाको मरिहत्ते

ओली सरकारमा मन्त्री हुनका लागि बहुजन शक्ति पार्टीका सांसद विश्वेन्द्र पासवानले भएभरको शक्ति लगाइसकेका छन् । उनी दलित तथा मधेशी भएका कारण र दुई पटक सांसद समेत भएकाले यसपटक मन्त्री बनाइदिन आग्रह गरिरहेका छन् ।

मधेस समता पार्टीका मेघराज नेपाली निषाधलाई ओलीले राज्यमन्त्री बनाइसकेका छन् । त्यस्तै दुई सांसद रहेका परिवार दल र जनमुक्ति पार्टीले पनि मन्त्री दावी गरेका छन् ।

जनमुक्ति पार्टीका सांसद शिवलाल थापाले भने-हामीले मन्त्री देऊ भनेर प्रधानमन्त्रीलाई हुलहुज्जत गरेका छैनौं तर उहाँहरुले आवश्यकता ठानेर बोलाएमा जान तयार छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?