+
+
Shares

कतारमा ठकुरी सञ्जालको कार्यक्रममा ठकुरी कलाकार

दोहा । ठकुरी सहयोग सञ्जाल कतारले विजया दशमीको अवसरमा गरेको सांगितिक कार्यक्रममा आयोजनामा विजया दशमीको शुभकामना आदान प्रदान तथा बिबिध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १ गते ८:२६

radhika_uae-1घनश्याम पराजुली (कृष्ण)

दोहा । ठकुरी सहयोग सञ्जाल कतारले विजया दशमीको अवसरमा गरेको सांगितिक कार्यक्रममा आयोजनामा विजया दशमीको शुभकामना आदान प्रदान तथा बिबिध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपालका चर्चित ठकुरी समुदायका कलाकारहरुको उपस्थिति थियो । सल्वा रोडको क्वालिटी हाईफर मार्केटको सभाहलमा नेपाली लोकदोहोरी क्षेत्रका ख्याती प्राप्त गायक रामजी खाँड, गायिका राधिका हमाल साथै कुबेतबाट गायक बीबी मल्ल ठकुरीको प्रस्तुती थियो । हिन्दुधर्मावलम्वीहरुको महानचाड विजय दशमीको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

radhika_uae-2कार्यक्रममा लोकदोहोरी प्रतिष्ठानका मानार्थ सदस्य तथा बसन्त फिल्मस् प्रालिका प्रबन्ध निर्देशक ईश्वर काफ्ले प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा गायक रामजी खाँडले ‘जिम्माल बाको आँगनीमा’, पञ्चेवाजा जस्ता चर्चित गीत गाएर मनोरञ्जन प्रदान गरे ।

गायिका राधिका हमालले ‘र्झोले है’ ‘क्याम्पस पढ्न आउने’, ‘र्झोले है’, ‘तिम्रो मेरो जोडी झकास मिल्छ भन्छन साराले’ जस्ता गीत गाइन् ।
गायिका हमाल र गायक रामजी खाडको दोहोरी घम्साघम्सीले दर्शकहरुको उत्साहलाई थपेको थियो । उनीहरुलाई कतारमा रहेका कलाकारहरु शरद पाण्डे, नानु घले, शिवराम ढकाल लगायतले साथ दिए । दोहोरीमा कुबेतबाट आएका गायक बीबी मल्ल ठकुरीको नृत्य समेत उत्कृट बन्यो ।

radhika_uae-3कतारमा बस्दै आएकी आधुनिक गायिका रमा अर्याल, नानु घले, गायक रितकुमार श्रेष्ठ, अर्जुन खरेल, युवराज छन्त्याल गीत गाए भने सन्तमाया तामाङ्ग, रविना पोख्रेलले आ-आफ्नो प्रस्तुती प्रस्तुत गरे । यूएण्डआई नृत्य समुहले दशैको रोचक विषयबस्तु बनाएर नृत्य प्रस्तुत गरेका थिए । कतारमा गुल्मेली माग्नेबुढाको नामले चिनिने हाँस्य कलाकार सुरज बिसीले दर्शकलाई पेट मिचिमिचि हसाउँन सफल भए ।

संस्थाका अध्यक्ष चेतन मल्लको सभापतित्वमा भएको कार्यक्रममा भीमबहादुर शाहीको स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा एनआरएनए कतारका प्रखुम सल्लाहकार गुरुनारायण रानाभट, जनसम्पर्क समिति कतारका सभापति बिमल सुबेदी, जनप्रगतीशिल मन्च कतारको महाधिवेशन समितिका कार्यवाहक संयोजक रमेश भट्ट, प्रवासी नेपाली मन्च कतारका दीपक सापकोटा, हेल्पिङ्ग हेण्ड युथ सोसाईटीका उपाध्यक्ष सुशील लामा, अन्तर्राष्ट्रिय कलाकार मन्च कतारका अध्यक्ष भविन्द्र तामाङ्ग लगायत विभिन्न संघसंस्थाहरु प्रतिनिधिहरुको उपस्थिति थियो ।

radhika_uae-4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?