+
+
Shares

पढ्ने उमेरका बालक जोखिमपूर्ण कार्यमा

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १ गते ११:१९

१ कात्तिक, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारलगायत गलेश्वर र दरवाङजस्ता नगरोन्मुख बजारमा पढ्ने उमेरका बालक जोखिमपूर्ण कार्य गर्न बाध्य छन् ।

घरको कमजोर आर्थिक अवस्था र बुबाआमाको करकापका कारण उनीहरूको रहरलाग्दो बालापन जोखिमपूर्ण काम गरेर साँझबिहानको गाँस जुटाउनमा नै बितिरहेको छ ।

बजार क्षेत्रका होटल तथा रेष्टुराँमा भाँडा माझ्नेदेखि लिएर बसपार्कमा भारी बोक्ने, नदी किनारामा ढुङ्गा बालुवा उठाउने, गाडीमा खलासीको काम गर्नेलगायतका जोखिमपूर्ण काममा उनीहरूको पढ्ने उमेर बितिरहे पनि सरोकारवाला निकायहरूको ध्यान जान भने सकेको देखिँदैन ।

सदरमुकाम बेनी बजार नजिकैको म्याग्दी नदी र कालीगण्डकीको किनारमा नदीबाट बालुवा झिकेर ट्र्याक्टरमा भर्दै गरेका २० जनाभन्दा बढी १२ देखि १५ वर्ष उमेर समूहका बालक भेटिन्छन् । आफ्ना अभिभावकसँगै काम गरिरहेका ती बालकलाई पढ्ने रहर भए पनि घरको कमजोर आर्थिक अवस्थाले गर्दा स्कुल नगएर यस्तो काम गर्नुपरेको हो ।

म्याग्दी नदी किनारमा बालुवा निकाल्दै गरेको अवस्थामा भेटिएका १४ वर्षीय किसान विकले पढ्ने मन भए पनि कापी, कलम र खाजाका लागि पैसा नहुँदा पढ्न नसकेको बताए ।

जिल्ला शिक्षा कार्यालय, म्याग्दीका अनुसार विद्यालय उमेर समूहका सम्पूर्ण बालबालिकालाई विद्यालयको पहँुचमा ल्याउने सरकारी नीतिअनुसार म्याग्दीमा कार्यक्रमहरू भइरहेको भए तापनि सम्पूर्ण बालबालिका विद्यालयको पहुँचमा आइसकेका छैनन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?