+
+
Shares

पुनःनिर्माणलाई तीव्रताका साथ अघि बढाइनेछ : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १ गते १३:५१

NRNA-team-with-Pm

१ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माणलाई तीव्र रुपमा अघि बढाइने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित पदाधिकारीलाई शुभकामना तथा बधाई दिँदै प्रधानमन्त्री ओलीले गरिब जनताका लागि आएको रकमको पूर्ण सदुपयोग हुने विश्वास दिलाए ।

नेपाली जनतालाई राहतको आवश्यकता रहेको भन्दै ओलीले भने–“जनताको घर, विद्यालय भत्किएको छ, त्यसैले उनीहरुलाई सहुलियत र सहयोगको आवश्यकता छ ।” उनले पुनःनिर्माणमा सहयोग गर्ने सहयोगको प्रतिबद्धता जनाउने राष्ट्र तथा दातृ निकायलाई पुनःनिर्माण कार्य पारदर्शी हुने बताए ।

प्रधानमन्त्री ओलीले हाल मुलुकको आपूर्तिमा देखिएको असहज अवस्था छिट्टै समाधान हुने अपेक्षा गर्दै अहिलेसम्म पा्रप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै अब सबै मिलेर मुलुकको आर्थिक समृद्धिमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

एनआरएनएका पुनःनिर्वाचित अध्यक्ष शेष घले नेतृत्वको पदाधिकारी तथा सदस्यले नेपालको पुनःनिर्माण र आर्थिक विकासमा सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?