
३ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकाको फोहोर चार दिन नउठाउने भएको छ । दसैंको सातौ दिन फूलपातीदेखि एकादशीसम्म चार दिन फोहोर नउठाउने महानगरपालिकाले जनाएको छ ।
महानगरको वातावरण व्यवस्थापन विभागका कर्मचारीलाई दसैंको विदा दिनुपर्ने भएकाले उक्त समयमा फोहोर नउठाउने भएको हो ।
महानगरपालिकाले चार दिन सम्म आफूले उत्पादन गरेको फोहोर मैला घरमै सुरक्षित रुपमा राख्न पनि आग्रह गरेको छ ।
महानगरपालिकाको वातावरण प्रशासन महाशाखाका प्रमुख हरि कुँवरले घरघरबाट फोहोर संकलन गर्न नसके पनि सार्वजनिक स्थान सडक र चोकबाट दैनिक रुपमै फोहोर उठाइने बताए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4