४ कात्तिक, काठमाडाैं । बडादसैंको महाअष्टमीको अवसरमा राष्ट्रपति डा रामवरण यादव आज बिहान उपत्यकाभित्र रहेका विभिन्न शक्तिपीठमा गई शक्ति स्वरूपा देवी दुर्गाको पूजाआराधना तथा दर्शन गरेका छन् ।
सो अवसरमा राष्ट्रपति डा यादवले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, सङ्कटा, शोभा भगवतीलगायत शक्तिपीठमा देवीको अर्चना एवम् दर्शन गरे ।
ती शक्तिपीठहरूमा पूजाआजा गर्ने भक्तजनको आज बिहानैदेखि ठूलो भीड लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4