+
+
Shares

गाडीको ठक्करबाट कुबेतमा एक नेपालीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ७ गते १०:३८

कुवेत । देश तथा बिदेशमा बडा दसैं मनाईरहदा कुबेतमा भने दुई नेपालीले  ज्यान गुमाएका छन । एक जनाको गाडीको ठक्करबाट मृत्यु भएको हो । भने अर्को एक नेपालीको उच्च रक्तचापको कारण  उपचार  गराउदा गराउदै निधन भएको हो ।

गजेन्द्र कुमार गदाल
गजेन्द्र कुमार गदाल

कुवेतको रिजानी बुदाई कन्ट्रक्सन कम्पनी (ROBTJV) अन्तर्गत सेक्युरिटी गार्डको रुपमा काम गर्दै आएका ४४ बर्षिय गजेन्द्र कुमार गदाल  बिकको मंगलबार फूलपातीको  बेलुकी ६ बजे काम सकेर कोठामा फर्कन बस चड्न बाटो काट्ने काट्ने बेलामा गाडीको  ठक्करबाट घट्ना स्थलमै मृत्यु भएको थियो  ।

कुबेती नागरिकले चलाएको गाडीको ठक्करबाट ज्यान गुमाएका बिक २००९ देखि कुबेतमा  कार्यरत थिए । वाना गाबिस -३, संखुवासभा स्थायी घर भइ हाल काठमाडौं बसोबास गर्दै आएका मृतक बिकको नेपालमा श्रीमती र दुई छोरी भएको आफन्ती सुमन बिकले जानकारी गराए ।

उच्च रक्तचापले एकको निधन 

उता गत शुक्रबार उच्चरक्तचापका कारण डिउटी कै क्रममा ढलेर बेहोस भएका रामबाबु खड्काको बिहिबार एबम दसैंको टिकाको दिन उपचारको क्रममा अस्पतालमा निधन भएको कुरा खोटांग कुबेत सम्पर्क मन्चका अध्यक्ष मन्जित राईले बताए ।

रामबाबु खड्का
रामबाबु खड्का

खोटाङ्ग सिम्पानी -७  घर भएका ४२ वर्षिय खड्काको  जाब्रिया स्थित मुबारक अल कबिर अस्पतालमा उपचार हुदै थियो । धन्नै १५ बर्ष देखि कुबेतमा कार्यरत खड्का रियल स्टेट, हिट्को कम्पनी हुदै पछिल्लो पटक  सुल्तान कम्पनीमा सेक्रुटी गार्डको रुपमा  काम गर्दै आएका थिए  । सामाजिक कार्यमा रुची राख्ने खड्का खोटाङ्ग कुवेत सम्पर्क मञ्चका सक्रिय सदस्य हुन् । नेपालमा उनको परिवारमा श्रीमती, १ छोरा र २ छोरी छन् ।

दुबै मृतकको बोडी जतिसक छिटो नेपाल पठाउन आवश्यक प्रक्रिया नेपाली दुतबास कुबेतले शुरु गरेको छ । तर शुक्रबार र शनिबार कुबेतको सरकारी बिदा रहने हुदा आईतबार मात्र सबै प्रक्रिया पुरा हुने दुताबासलाई उद्रित गर्दै मन्जित राईले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?