२९ कात्तिक, काठमाडौं । विराटनगरको रानी नाकाबाट २८ वटा इन्धनका गाडी नेपाल भित्रिएको छ । अन्य नाकाहरुबाट भने न्युन संख्या इन्धनका गाडी भित्रिएका छन् ।
अपरान्हसम्म रानी नाकाबाट १ सय २५ मालबाहक गाडी नेपाल आएकोमा २८ वटा इन्धनबाहक रहेको भन्सार प्रमुख कृणबहादुर बस्नेतले जानकारी दिए ।
जसमा डिजेलका १८ र पेट्रोलका ५ ट्यांकर छन् । बिराटनगरबाट ५ बुलेट ग्यास पनि नेपाल आएको छ । शनिबार पनि विराटनगरबाट १३ वटा इन्धनका गाडी नेपाल भित्रिएका थिए ।
भैरहवा भन्सारबाट पनि अपरान्हसम्म १ सय २५ भन्दा बढि मालबाहक गाडी नेपाल आएको छ । तर, एउटा पनि इन्धनका गाडी नहरेको भन्सार अधिकृत केशव ओलीले जानकारी दिए ।
शुक्रबारदेखि सुनौली भन्सारले केही खुकुलो चेकजाँच गरेपनि बेलुकीको समयमा मात्र न्युन संख्यामा इन्धनका गाडी छाड्ने गरेको छ ।
अपरान्हसम्म नेपालगञ्जको जमुनाह भन्सारबाट ८० वटा मालबाहक गाडी नेपाल आएका छन् । जसमा ४/५ वटा मात्र इन्धनका ट्यांकर रहेको भन्सार प्रमुख राजेन्द्र हमालले जानकारी दिए ।
काँडभिट्टाको मेची भन्सारबाट ४५ वटा गाडी भिभिएकोमा २ वटा मात्र ग्यास बुलेट रहेको भन्सार प्रमुख भीम अधिकारीले बताए । यसैगरी कैलाली भन्सारबाट ३० वटा मालबाहक गाडी भित्रिएका छन् । दिनभरमा एउटा मात्रै ग्यास बुलेट नेपाल आएको भन्सार प्रमुख हरिप्रसाद पाण्डले बताए ।
प्रतिक्रिया 4