+
+
Shares

१४ विद्यार्थी संगठनको वक्तव्य- विद्यार्थी आन्दोलन कसैको कृपाबाट प्राप्त भएको होइन

त्यस्तो तथ्यलाई बेवास्ता गर्दै शिक्षा क्षेत्रका सम्पूर्ण बेथितिहरूको भारी विद्यार्थी संगठनमाथि थोपर्ने सरकारको दृष्टिकोण अपरिपक्व र सतही रहेको वक्तव्यमार्फत ठहर गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १५:३४

१८ चैत, काठमाडौं । सरकारको शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीमा विद्यार्थी संगठन खारेजीसम्बन्धी विषयलाई लिएर १४ विद्यार्धी संगठन एकसाथ आएका छन् । बुधबार संयुक्त वक्तव्य जारी गर्दै ती संगठनहरूले नेपालको विद्यार्थी आन्दोलन कसैको दया, कृपा र अनुग्रहबाट प्राप्त नभएको प्रतिक्रिया दिएका छन् ।

बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले शासकीय सुधार सम्बन्धी १०० कार्यसूची स्वीकृत गरेको थियो । सोही कार्यसूचीमा रहेको बुँदा नम्बर ८६ प्रति विद्यार्थी संगठनले आफ्नो ध्यानाकर्षण भएको वक्तव्यमार्फत जनाएका छन् ।

‘नेपालको विद्यार्थी आन्दोलन बलिदानीपूर्ण संघर्षको जगमा विकसित हुँदै राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, शैक्षिक सुधार तथा विद्यार्थी हकहितको पक्षमा निरन्तर सक्रिय रहँदै आएको छ,’ वक्तव्यमा भनिएको छ, ‘यसको इतिहास कसैको दया, कृपा र अनुग्रहबाट प्राप्त भएको होइन ।’ राणाशासनदेखि गणतान्त्रिक आन्दोलनको बलिदानीपूर्ण संघर्षको जगमा विद्यार्थी संगठनले आफ्नो इतिहासलाई वीरतापूर्वक प्रस्तुत गरेको वक्तव्यमा भनिएको छ ।

‘विद्यार्थी आन्दोलनको ऐतिहासिक पृष्ठभूमिलाई बेवास्ता गरी शिक्षा क्षेत्रका जटिल समस्याहरूको समाधानका नाममा विद्यार्थी संगठनहरु प्रतिबन्ध र निषेध गर्ने प्रकृतिको सरकारको निर्णयले दीर्घकालीन रूपमा सकारात्मक परिणाम दिन सक्दैन,’ संयुक्त वक्तव्यमा भनिएको छ ।

विश्वविद्यालयका कैयौं समस्या रहेको स्वीकार गर्दै विद्यार्थी संगठनहरूदले त्यसको वास्तविक कारणको खोजी र समाधानमा राज्यले विस्तृत अध्ययनपश्चात आफ्ना नीति तथा कार्यक्रम तय गर्नुपर्ने बताएका छन् ।

त्यस्तो तथ्यलाई बेवास्ता गर्दै शिक्षा क्षेत्रका सम्पूर्ण बेथितिहरूको भारी विद्यार्थी संगठनमाथि थोपर्ने सरकारको दृष्टिकोण अपरिपक्व र सतही रहेको वक्तव्यमार्फत ठहर गरिएको छ ।

विद्यार्थी आन्दोलनलाई समय सान्दर्भिक पुनर्संरचना गर्न आफैले आवश्यक ठानेर बहस गर्दै आएको पनि वक्तव्यमार्फत स्मरण गराइएको छ । जसको नतिजा देखिन थालेको पनि उनीहरूले दाबी गरेका छन् ।

‘विचारका आधारमा संगठनमा आबद्ध हुन पाउने अधिकार नेपालको संविधानद्वारा प्रत्याभूत मौलिक अधिकार हो । कसैको पनि विचारमाथि बन्देज लगाउने कार्य लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुनुका साथै अन्तर्राष्ट्रिय मानवअधिकारका मापदण्डहरूसँग समेत असंगत हुन्छ,’ वक्तव्यमा भनिएको छ ।

May be an image of blueprint, crossword puzzle and text

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?