+
+
Shares

यातायात असहजताका कारण पोखरामै छठ मनाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ३० गते ६:१६

३० कात्तिक, पोखरा । दसैँ तिहारपछि नेपालीले मनाउने प्रसिद्ध चाडमध्येको छठ मनाउन पोखरामा पनि तयारी गरिएको छ ।

दीपावली तथा छठका अवसरमा धेरै तराई समुदायमा बसोबास गर्ने व्यक्ति विगतका वर्षमा घर र्फकने गरे पनि यस वर्ष यातायातको असहजताका कारण पोखरामै छठ मनाउने तयारी गरेका हुन् ।

विगतका वर्षमा दीपावलीसहित छठ मनाउन तराई स्थायी बसोबास भई पोखरामा विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्ति आ-आफ्ना घर जाने गरे पनि यस वर्ष भने यातायातको असहजताका धेरै व्यक्ति पोखरामा नै रहेको वीरगन्ज घर भई पोखरामा तरकारीको व्यापार गर्दै आएका रामचन्द्र ठाकुरले बताए ।

केही वर्षयता घर जान नसक्नेले पोखराको बगर, रामबजार, लेखनाथको पशुपति घाटलगायतका स्थानमा अस्थायीरुपमै भए पनि छठी घाटको स्थापना गरी छठ मनाउने गरेका छन् । उहाँले यस वर्ष पनि धेरै तराई समुदायका व्यक्तिले पोखरामा नै छठ मनाउने तयारी गरेको जानकारी दिए ।

पछिल्लो वर्षमा तराई समुदायका व्यक्तिमात्र नभएर पोखरा र यस आसपासमा बसोबास गर्ने अन्य व्यक्तिले पनि छठ मनाउन थालेको उनको भनाइ छ ।

उनका अनुसार छठमा षष्ठी भगवतीको पूजा अर्चना गरी परिवारको कल्याणको कामना गरिन्छ ।

छठ पर्वमा कात्तिक शुक्ल पञ्चमीका दिनदेखि व्रत बस्ने व्यक्तिले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सख्खरको खीर पकाई प्रसादका रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने प्रचलन रहेको ठाकुरले बताए ।

प्रचलित संस्कृतिअनुसार कात्तिक शुक्ल षष्ठी (छठ)का दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनःअर्घ दिएपछि विधिवत् रूपमा छठ समाप्त हुन्छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?