३० कात्तिक, काठमाडौं । ग्लोबल आइएमई बैंकको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न नवौँ बाषिर्क साधारणसभा सञ्चालक समितिले प्रस्ताब गरेको चुक्ता पुँजीको २३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताब पारित गरेको छ ।
बोनस सेयर वितरण गर्ने बिषेश प्रस्ताब पारित गरेसँगै बैंकको चुक्ता ६ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकको व्यवस्था अनुसार वाणिज्य बैंकहरुले ०७४ असार मसान्तसम्ममा न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउनु पर्ने हुन्छ ।
पुँजी वृद्धि गर्ने उद्देश्हयले बैंकको साधारणसभाले आर्थिक वर्ष २०७१/०७२ को वितरण योग्य नाफा तथा संचित नाफासमेतबाट बैंकका सेयरधनीलाई २३ प्रतिशत बोनस शेयर वितरण गर्ने बिशेष प्रस्ताव पारित गरेको हो ।
हाल बैंकले ६३ अर्ब रुपैयाँ निक्षेप र ५२ अर्ब कर्जा लगानी गरेको छ । बैंकको हाल ८८ वटा शाखाहरु, १० वटा राजश्व संकलन काउण्टर, ९३ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ३७ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।
त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे्रलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।
प्रतिक्रिया 4