+
+
Shares

रक्षाको सौन्दर्यले भुतुक्कै ‘जीग्री’, ‘सक्की गो नि’ नहेरी भात नखाने बालक पनि भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ३० गते १०:५७

jigri-and-rakshya
तन्नेरी पुस्ताका विचमा लोकप्रिय छन् कुमार कट्टेल । हाँस्य टेलिश्रृङ्खला ‘भद्रगोल’मा ‘जीग्री ब्रो’ भनेर चिनिन्छन् उनी । स्वदेश एवं विदेशमा कार्यक्रम प्रस्तुतीको लागि जाँदा केही दर्शक यस्ता पनि भेटेका छन् जसले यो मान्छे फटाह नै छ कि भनेर शंका गर्ने गरेका छन् ।

‘केही दर्शकहरु भेटेको छु, जसले सिरियलमा देखिएको जस्तै यो मान्छे फटाह नै छ कि भनेर सोच्नु हुन्छ ।’ अनलाइनखबरसँग कुरा गर्दै कुमारले भने ।

उनी युवापुस्तामा बढी लोकप्रिय छन् । त्यसो त उनले आफ्नो नाम र चरित्र पनि युवापुस्तालाई टार्गेट गरेरै बनाएका थिए । ५ वर्ष भन्दा बढी भयो उनलाई दर्शकले ‘जीग्री ब्रोको’ रुपमा चिन्न थालेको ।

उनी भन्छन्-‘टिनएज पुस्ताको लाउने, बोल्ने र हिड्ने शैलीको अध्ययन गरेर जिग्रीको क्यारेक्टर बनाएको थिएँ ।’ नाम पनि उनी आफैले राखेका थिए ।

भिडियो नहेरी भात नखाने बालक
आफ्नो चरित्रवाट प्रभावित केही अनौठा पात्र भेटेका छन् उनले । कार्यक्रमका लागि दुबई गएको बेला एउटी महिलाले आफ्नो दुई वर्षको छोरालाई भेटाउन ल्याईन् ।

कुराकानीपछि थाह भयो बालकले पहिलो वाक्य नै ‘सक्कि गो नि’ भनेका रहेछन् । ती आमाको भनाई अनुसार हरेक दिन खाना खुवाउनु अघि ती वालकलाई जीग्रीको भिडियो फुटेज देखाउनुपर्छ । रियलमै मान्छे भेटाएपछि छोरो खुसी होला कि भनेर आएकी आमा जीग्रीलाई भेटेपछि साँच्चै खुसी भएकी थिईन् ।

जीग्रीले रामेछापमा अर्को पात्र भेटें । जो उमेरमा निकै पाका छन् तर, जीग्रीकै स्टाईलमा बोल्छन् ‘फ्याक भैहाल्यो नि’ ।

जस्ट स्लो, सक्कि गो नि, फ्याक जस्ता उनका संवाद चर्चित छन् । धेरै केटाकेटीले उनकै शैलीमा ‘सक्की गो नि’ भन्ने गरेका छन् ।

रक्षाको सौन्दर्यले भुतुक्कै
सिरियलमा साथीहरुका लागि ज्यान दिने तर, घरको काममा खासै चासो दिने गरेका छैनन् जीग्रीले । उनको भूमिकालाई दर्शकले खुबै मन पराएका थिएँ, तर पनि उनका लागि एउटी सुन्दरीको आवश्यकता परेको थियो ।

हेर्दा राम्री, सोझी र हँसिली खालकी केटीको खोजीमा रहेका जीग्रीले डेढ वर्ष अगाडि रक्षा श्रेष्ठलाई भेटेका थिए । ‘ठ्याक्कै हाम्ले खोजै जस्तै रहिछन्, उनको सौन्दर्यले लोेभ्याईहाल्यो ।’ जीग्रीलाई भने ।

अहिले जीग्री रक्षाको जोडीका रुपमा दर्शक माझ छाएका छन् । कतिले त यस्तो पनि प्रश्न गरेका छन्-‘तपाईहरु साँच्चैको जोडी हो कि क्या हो ?’ त्यसरि प्रश्न गर्नेहरु देख्दा उनी यसकारण खुसी हुन्छन् किनकी त्यसो भन्नु भनेको अभिनयको प्रभाव पर्नु हो भन्ने लाग्छ उनलाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?