Comments Add Comment

एमाओवादी सचिव अनन्तको स्वास्थ्य गम्भीर

barsaman-pun१ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीका सचिव बर्षमान पुन (अनन्त)को स्वास्थ्य गम्भीर बन्दै गएको छ । नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा एक सातादेखि कुनै सुधार आएको छैन ।

कलेजोको संक्रमण बढ्दै गएपछि पुनलाई गत मंगलबार भारत लगिएको थियो । चिकित्सकहरुका अनुसार पुनको शरिरमा जण्डिसको मात्रा अस्वाभाविक रुपमा बढेको छ ।

क्यान्सरको शंका

कलेजोमा संक्रमण देखिएकाले यस्तो स्थिति आएको चिकित्सकहरु बताउँछन् । ‘डाक्टरहरुले कलेजोको क्यान्सर भएको शंका गरेका छन् । अन्तिम रिपोर्ट आउन तीन दिन लाग्छ रे । त्यसपछि मात्रै के भएको हो एकिन हुन्छ,’ पुनको पारिवारिक स्रोतले भन्यो ।

४४ वर्षीय पुनमा खाना नरुच्ने, निद्रा नलाग्ने र तौल घट्दै जाने समस्या पनि देखिएको छ ।

सुरुमा उनमा हेपाटाइटिस ‘ई’ देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई थापाथलीस्थित नर्भिक अस्पताल र जावलाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरेर उपचारसमेत गरिएको थियो । नेपालमा उपचार सम्भव नभएपछि उनलाई भारत लगिएको हो ।

भारतमा पुनको साथमा बहिनी सुशीला छिन् । पुनको रेखदेख गर्न र सुशीलालाई सघाउन उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका कान्छा छोरा दिपेश बुधबार नयाँदिल्ली जाँदैछन् । सभामुखसमेत रहेकी श्रीमती ओनसरी घर्ती भने काठमाडौंमै छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment