Comments Add Comment

नीतिगत निर्णय नगर्न एन्फालाई राखेपको निर्देशन

२ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई कुनै नीतिगत निर्णय नगर्न निर्देशन दिएको छ ।

ANFAराखेप सदस्य सचिव केशवकुमार विष्टले राखेपलाई पत्र पठाएर फिफाले तत्कालीन अध्यक्ष गणेश थापामाथि लगाएको प्रतिवन्धबारे जानकारी मागेको छ ।

साथै फिफाले कुनै आधिकारिक पत्र पठाएको भए त्यो समेत तीन दिनभित्र उपलब्ध गराउन भनिएको विष्टका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए ।

उनका अनुसार राखेपले अध्यक्ष नभएपछि विधानमा भएको पदपूर्तिको प्रक्रिया जानकारी गराउन र आफूले अर्को निर्देशन नदिसम्म कुनै नीतिगत निर्णय नगर्न नगराउन भनेको छ ।

फिफाले हालै मात्र भ्रष्टाचार गरेको सहितमा दोषी ठहर गर्दै एन्फाका तत्कालीन अध्यक्ष थापालाई १० वर्षसम्म फुटबलसम्वन्धी कुनै पनि गतिविधिमा संलग्न हुन प्रतिवन्ध लगाएको छ ।

फिफाको प्रतिवन्धपछि एन्फाले वरिष्ठ उपाध्यक्ष नरेन्द्र श्रेष्ठलाई कार्यबाहकको जिम्मेवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment