Comments Add Comment

बेनिटेज रियल मड्रिडको प्रशिक्षकमा कायमै रहने

Rafael Benitez
८ मंसिर, काठमाडौं । राफेल बेनिटेज स्पेनिस जाइन्ट रियल मड्रिडको प्रशिक्षकमा कायमै रहने भएका छन् । चिरप्रतिद्वन्द्वी बार्सिलोनासँग ४-० को हारपछि पनि बेनिटेजको रियलका समर्थकहरुले बेनिटेजलाई बर्खास्त गर्न माग गरेका थिए ।

तर, यसै सिजन मात्र क्लबको प्रशिक्षकमा नियुक्त भएका बेनिटेजको समर्थनमा अध्यक्ष फ्लोरेन्टिनो पेरेज देखिएका छन् । सोमबारकेा बोर्ड बैठकपछि उनले भनेका छन्-उनलाई हाम्रो पूर्ण समर्थन छ ।’

तर, आफूले अहिलेको बारेमा मात्र भनेको भन्दै भनेका छन्, भविश्यमा के हुन्छ म भन्न सक्दिँन । ६ महिनापछि के हुन्छ कसैले पनि भन्न सक्दैन ।’

रियल मड्रिडका अध्यक्ष पेरेजले प्रशिक्षक बेनिटेजप्रति स्टार फवार्ड रोनाल्डो असन्तुष्ट रहेको दाबी अस्वीकार गरे । रोनाल्डोले बेजिटेजबारे केही भनेको उनले दाबी गरेका छन् ।

बेनिटेज कार्लो एन्सेलोटीलाई विस्थापित गर्दै रियल मड्रिडको प्रशिक्षक बनेका थिए । र, उनमाथि प्रश्न उठेको यो पहिलो पटक होइन । मड्रिड डर्बी भिडन्तमा एथ्लेटिको मड्रिडसँग १-१ को बराबरी खेलेपछि पनि बेनिटेजको रणनीतिमाथि प्रश्न उठेको थियो ।

बार्सिलोनासँगको हारपछि मड्रिड निकट मानिएको पत्रिका मार्काले टीमका सदस्यहरुले बेटिटेजमाथि विश्वास गर्न छाडेको लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment