+
+
Shares

कविता-बन्नु छ महान तिमिले

बन्नु छ महान तिमिले आफ्ना स्वार्थलाई अब मारी देउ

जीताउनकै लागि यो देशलाई बरु आँफैले हारी देउ।

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर ८ गते ९:५४

डीबि दंगाली

DB-Dangaliबन्नु छ महान तिमिले आफ्ना स्वार्थलाई अब मारी देउ

जीताउनकै लागि यो देशलाई बरु आँफैले हारी देउ।

 

माझी बनेर जंघारबाट यो देशलाई किनारामा तारी देउ

निकासको साझा बाटो खोजेर संकटलाई अब टारी देउ।

 

चहराई रहेका अनगिन्ती घाउहरुमा ओखतीमुलो पारी देउ

मिलाएर थुंगा थुंगा फूलहरुलाई एउटै मियोमा नारी देउ।

 

माली बनी रङ्गीचङ्गी फूलहरुलाई एउटै बगैचामा सारी देउ

फक्रीन नसकेका कोपिलाहरुलाई मल र पानी चारी देउ।

 

मानवताको खडेरीलाई हटाउन ममताको आँशु झारी देउ

झुपडीका कर्मशिल हातहरुलाई उब्जाउने खेत र बारी देउ।

 

बन्नु छ महान तिमिले आफ्ना अहंकार र जिद्दी छारी देउ

जीताउनकै लागि यो देशलाई बरु आँफैले हारी देउ।

 

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?