डीबि दंगाली
बन्नु छ महान तिमिले आफ्ना स्वार्थलाई अब मारी देउ
जीताउनकै लागि यो देशलाई बरु आँफैले हारी देउ।
माझी बनेर जंघारबाट यो देशलाई किनारामा तारी देउ
निकासको साझा बाटो खोजेर संकटलाई अब टारी देउ।
चहराई रहेका अनगिन्ती घाउहरुमा ओखतीमुलो पारी देउ
मिलाएर थुंगा थुंगा फूलहरुलाई एउटै मियोमा नारी देउ।
माली बनी रङ्गीचङ्गी फूलहरुलाई एउटै बगैचामा सारी देउ
फक्रीन नसकेका कोपिलाहरुलाई मल र पानी चारी देउ।
मानवताको खडेरीलाई हटाउन ममताको आँशु झारी देउ
झुपडीका कर्मशिल हातहरुलाई उब्जाउने खेत र बारी देउ।
बन्नु छ महान तिमिले आफ्ना अहंकार र जिद्दी छारी देउ
जीताउनकै लागि यो देशलाई बरु आँफैले हारी देउ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4