Comments Add Comment

नाकाबन्दीविरुद्ध प्रदर्शन गर्दै रत्नपार्कबाटै ‘जनसरकार’ घोषणा

Biplap Protest At KTM (1)

८ मंसिर, काठमाडौं । भारतीय हस्तक्षेप तथा नाकाबन्दीको विरोधमा काठमाडौंमा शक्ति प्रदर्शन गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले जनसरकारको घोषणा गरेको छ ।

रत्नपार्कको शान्तिबाटिकाबाट सुरु भएको प्रदर्शनको नेतृत्व खड्गबहादुर विश्वकर्मा, धमेन्द्र वास्तोला लगायतले गरेका थिए । र्‍याली जमल, कमलादी, पुतलीसडक, न्यूरोड हुँदै शान्ति बाटिकामा पुगेर सभामा परिणत भएको थियो ।

Biplap Protest At KTM (8)

जनप्रदर्शनका लागि उसले आसपासका जिल्लाहरुबाट समेत कार्यकार्ताका साथै विद्यार्थीहरु विद्यालय पोसाकमै ल्याएको थियो ।

सभामा क्रान्तिकारी जन परिषद् गठन गर्दै सन्तोष बुढा मगरलाई जन सरकार प्रमुख घोषणा गरिएको छ । उनी पूर्व सभासद समेत हुन् । पूर्व सभासद पदम राई जनसरकार उपप्रमुख हुन् ।

जनसरकारमा १६ जना रहनेछन् । जनसरकारले भारतीय नाकाबन्दीको विरोधमा १३ गते नेपाल बन्द गर्ने घोषणा गरेको छ ।

Biplap Protest At KTM (2) Biplap Protest At KTM (3) Biplap Protest At KTM (4) Biplap Protest At KTM (5) Biplap Protest At KTM (6) Biplap Protest At KTM (7)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment