Comments Add Comment

श्वेतपत्रमा उद्योगी व्यवसायीलाई राहत प्याकेज

Bishnu Poudel shwait-patra

८ मंसिर, काठमाडौं । सरकारले विद्यमान संकटलाई मध्यनजर गर्दै उद्योगी व्यवसायीहरुले बुझाउनुपर्ने कर विवरण र भुक्तानी गर्ने समय थप गर्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले मंगलबार साँझ अर्थमन्त्रालयमा श्वेतपत्र जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।

सरकारले उद्योगी तथा किसानले लिएको ऋणको साँवा व्याज भुक्तानीको पुनर्तालिकीकरण र ब्याजको केही अंश समेत छुट दिने व्यवस्था गर्ने भएको छ । यो सुविधा पर्यटन उद्योग, उत्पादनमुलक उद्योग, दूध, तरकारी र मासु उत्पादक किसानले प्राप्त गर्नेछन् ।

उद्योगी व्यवसायीहरुले पनि बन्द हडताल र नाकाबन्दीका कारण उद्योग ठप्प भएको बताउँदै सरकारलाई बैंकबाट लिएको ऋणको साँवा व्याज भुक्तानी गर्ने समय सारिदिन आग्रह गर्दै आएका थिए । लामो समयदेखि उद्योग व्यवसाय ठप्प हुँदा बैंकको ऋण तिर्न र तलब खुवाउन उद्योगी व्यवसायीलाई हम्मे हम्मे परिरहेको छ ।

यसैगरी सरकारले उद्योग व्यवसायको पुनरुद्धार र पुनस्र्थापनाका लागि नेपाल राष्ट्र बैंकमा रहेको पुनरुद्धार कोषको समेत उपयोग गर्ने श्वेतपत्रमार्फत घोषणा गरेको छ ।

भारतीय नाकाबन्दीका कारण लामो समयदेखि कोलकत्ता बन्दरगाह तथा सीमा क्षेत्रमा रोकिएका कन्टेनरहरुको व्यवसायीहरुले व्यहोर्नुपरेको अतिरिक्त विलम्ब शुल्क र पार्किङ शुल्क समेत छूट गराउन सरकारले कुटनीतिक पहल गर्ने भएको छ । व्यवसायीहरुले पनि विलम्ब शुल्क र पार्किङ शुल्क मिनाहा गरिदिन बारम्बार आवाज उठाउँदै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment