Comments Add Comment

म्यानचेष्टर सिटी युभेटन्ससँग पराजित, दुबै टीम नकआउट चरणमा

Juventus-Vs-Man-City

१० मंसिर, काठमाडौं । म्यानचेष्टर सिटीलाई पराजित गर्दै युभेन्टस च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । हारका बाबजुत सिटी पनि अन्तिम १६ मा पुगेको छ ।

बुधबार राति भएको खेलमा इटालियन क्लब युभेन्टसले म्यानचेष्टर सिटीलाई १-० गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसले १८ औं मिनेटमा मारियो मान्जुकिजको गोलबाट अग्रता लिएको थियो ।

६९ औं मिनेटमा सर्जिओ एग्युरोको स्थानमा मैदान छिरेका राहम स्टर्लिङले बराबरी गोल गर्ने मौका गुमाए ।

जितपछि युभेटन्सले ११ अंकका साथ समूह डीको शीर्ष स्थानमा उक्लिएको छ भने सिटीको ९ अंक छ र दोस्रो स्थानमा छ । समूह चरणको अन्तिम खेलमा युभेन्टसले सेभिल्ला र सिटीले बोरुसिया मानचाङलेबाचसाग खेल्नेछ ।

नकआउट चरणमा बार्यन म्युनिख, रियल मड्रिड वा बार्सिलोनासाग नखेल्ने सिटीलाई समूह विजेता हुनु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment