Comments Add Comment

गीत जस्तै दृश्य, हेर्नुहोस्, सुन्नुहोस् र महुशश गर्नुहोस्(भिडियो)

preemgeet-song
‘चलचित्रको गीत त गजबकै बनेको रहेछ’, अडियो मात्र सुन्दा कपितय नेपाली चलचित्रका गीतका बिषयमा यस्तै टिप्पणी हुन्छ । तर जब भिडियो हेरिन्छ, अडियोको क्रेज पनि सकिन्छ । अडियो राम्रो भए भिडियो गतिलो नहुने, भिडियो गतिलो भए अडियोमा मिठास नहुने समस्याबाट ग्रसित छ नेपाली चलचित्रका गीतसंगीत ।

तर, कपितय गीतहरुको अडियो र भिडियोको कम्बिनेशन गजबकै हुन्छ । जब, अडियो र भिडियो बनाउनमा मिहिनेत गरिन्छ, त्यसको नजिता पनि गजबकै देखिन्छ ।

माघ २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘प्रेमगीत’मा समावेश ‘म यस्तो गीत गाउँछु’ बोलको गीतको अडियोले जब सुन्नेको मन जित्यो, भिडियोको प्रतिक्षा पनि गरिएको थियो ।

अडियो सुनेपछि दृश्यको प्रतिक्षालाई समाप्त गर्दै सुदर्शन थापा र सन्तोष सेनले यसको भिडियो सार्वजनिक गरेका छन् । अर्जुन पोख्रेलको संगीत रहेको यो गीतमा सुमग पोख्रेल र अञ्जु पन्तको आवाज छ । अडियोमा त यी ३ जनाले राम्रो  प्रशंसा पाएकै थिए ।

भिडियोमा पनि कोरियोग्राफर रेनशा राइले तारिफयोग्य काम गरेकी छिन् । उनको कोरियोग्राफी र छायांकार राजेश श्रेष्ठको खिचाइले गीतलाई मन छुने बनाएको छ । निर्माताले पनि राम्रै रकम गीतका लागि खर्च गरेका छन् ।

कोरियोग्राफले भिडियोको केही स्थानमा खेल्ने ठाउँ थियो, तर पनि यसलाई कमजोर आँकलन गर्न मिल्दैन । गीतको मिठास जस्तै भिडियोको हेराई पनि कलरफूल छ । अर्जुन पोख्रेल, सुगम पोख्रेल, अञ्जु पन्त, राजेश श्रेष्ठ र रेनशा राईको कामले गीतको भिडियोलाई उत्कृष्ट बनाएको छ ।

चलचित्रका मुख्य पात्र प्रदिप खड्का र पूजा शर्माको लुक्स राम्रो छ । जब, गीतको अडियोमा मिठास भेटिन्छ, भिडियो यसै सुन्दर बन्छ । गीतसंगीत, गायकी, कोरियोग्राफी र छायांकनपछि पात्रको अभिनयलाई लिन सकिन्छ । गीतका कारण धेरै चलचित्र चलेका छन् नेपालमा । यो चलचित्रको निर्माणपक्ष पनि अहिले यसकै आशामा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment