Comments Add Comment

यूएईको राष्ट्रिय दिवसमा नेपालीको ट्राभल उद्घाटन

यूएई । यूएईको ४४औं राष्ट्रिय दिवसको अवसरमा एक नेपाली ट्राभलको उद्घाटन हुने भएको छ । अबुधाबीको अलएन सहरमाबल्ड गेटवे ट्राभल एन्ड टुरिजम एलएलसीको उद्घाटन हुने सञ्चालिका अन्जली भटराईले बताएकी छिन् ।

World-Getwayनेपालमै ट्राभलको क्षेत्रमा औपचारिक अध्ययन ब्याचर इन ट्राभल एन्ड टुरिजमगरेकी बुटबलकी अन्जलीले यूएईकै विभिन्न ट्राभलमा तीन वर्षको अनुभव, मिहिनेत र आत्मविश्वासका साथआफैं व्यावसाय गर्ने सुर गरेको बताएकी छिन् । आफ्ना श्रीमान् रमेश भट्राईको प्रेरणा र आफ्नो आत्मविश्वाका साथले यो स्थानसम्म आएको बताउने अन्जली यूएईको नेपाली समुदायमा महिला व्यावसायीहरु सफलभएका धेरै उदाहरण रहेको बताउँछिन् ।

आफ्नो ट्राभलले नेपाली लगायत सबै देशका बासिन्दालाई सस्तोमा हवाई टिकट, भिजिट भिसा, टुर प्याकेज, सिटी टुर तथा डेजर्ट सफारीको सुविधा दिने लगायतका कामहरु गर्ने भट्राईले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment