+
+
Shares

मधेस आन्दोलनका क्रममा सप्तरीमा मारिएका चार जनाको शवयात्रामा हजारौं सहभागी

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १३ गते ६:३९

१३ मंसिर, सप्तरी ।मधेस आन्दोलनका क्रममा सप्तरीमा प्रहरीको गोलीले मारिएका चारजनाको शनिबार शवयात्रा निकालिएको छ ।

गत शनिबार र आइतबार मारिएका सप्तरीका नागेश्वर यादव, वीरेन्द्र राम, दिलीप साह र शिवशंकर दासलाई सहिद घोषणा तथा परिवारजनलाई उचित क्षतिपूर्तिका लागि जिल्लाबाट सर्वपक्षीय सर्वदलीय बैठकबमोजिम स्थानीय प्रशासनले गृह मन्त्रालयमा सिफारिस गरेर पठाएपछि चारैजनाको शव यात्रा निकालिएको हो ।

राजविराजस्थित गजेन्द्र चोकमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले मृतकहरूको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएको नयाँ पत्रिकामा खबर छ ।

राजविराजबाट सुरु भएको शवयात्रा सिरहाको लहानसम्म पुगेर पुन: सप्तरी फर्किएको थियो । लहानमा करिब १० हजारभन्दा बढी सर्वसाधारणको सहभागिता थियो । सप्तरीको राजविराजबाट सुरु भएको शवयात्रा रूपनी, कल्याणपुर, कदमाहा हुँदै सिरहाको लहान आइपुगेको थियो । उनीहरूको शनिबार राति नै अन्त्येष्टि गरिने रामसपाका जिल्ला अध्यक्ष गजेन्द्र मण्डलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?