+
+
Shares

नाकाबन्दीले यातायात व्यवसायी मारमाः अध्यक्ष भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १३ गते ९:२९

१३ मसिंर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष दिनेश भण्डारीले नाकाबन्दीका कारण यातायात व्यवसायी मारमा परेको बताएका छन् ।

इन्धनको अभाव रहेको भए पनि व्यवयासीहरु राष्ट्रियता र स्वाभिमानका लागि जेनतेन यातायात सञ्चालन गरिरहेको भण्डारीले बताए ।

शनिबार कञ्चनपुरको भीमदत्तनगरस्थित पवनदूत यातायात समितिको १२औँ अधिवेशनको उद्घाटनमा बोल्दै अध्यक्ष भण्डारीले व्यवसायीले एकताबद्ध भएर हालको परिस्थितिलाई सहज बनाउन दबाब दिनुपर्नेमा जोड दिए ।

‘राष्ट्रलाई सङ्कट परेका बेला व्यवसायीहरु एकढिक्का भएर अघि बढ्नुपर्छ ।’ अध्यक्ष भण्डारीले भने-‘भारतीय पक्षबाट नेपालमा मानवीय सङ्कट निम्त्याउन खोजेको जस्तो देखिन्छ ।’

कार्यक्रममा यातायात व्यवसायीले इन्धनमा कालोबजारी भइरहँदा सरकार तथा स्थानीय प्रशासन मौन बसेकोप्रति गुनासो व्यक्त गरेको पवनदूत यातायात समितिका महासचिव कर्मबहादुर सिंहले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?