+
+
Shares

भारतीय मूलका कोस्टा बने पोर्चुगलका प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १३ गते ९:५३

antonio costa

१३ मंसिर, काठमाडौं । भारतीय मूलका एन्तोनियो कोस्टा पोर्चुगलका प्रधानमन्त्री बनेका छन् । ५४ वर्षका कोस्टाको पैतृक गाउँ भारतको गोवा राज्यको मडगाव हो । उनले बिहीबार पोर्चुगलका राष्ट्रपति क्यावेको सिल्वाले कोस्टालाई प्रधानमन्त्री पदको सपथ खुवाएका थिए ।

सानैदेखि राजनीतिमा चासो राख्ने कोस्टा १८ वर्षको हुँदा गोवा छोडेर लिसबन बसाइ सरेका थिए । उनले पोर्चुगलमा मारिया एन्तोनियो पाजासँग विवाह गरेका थिए । त्यतिबेला भारतको गोवा र मोजाम्बिकलगायत अफ्रिकाका धेरै देश पोर्चुगलको उपनिवेश थिए । उपनिवेश भएका राज्यमा आवतजावत गर्न सकिने प्रावधान रहेको थियो । गोवामा पोर्चुगलले चार सय ५१ वर्षसम्म शासन गरेको थियो ।

कोस्टा पोर्चुगलको प्रधानमन्त्री बनेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिँदै उनीसँग मिलेर काम गर्न आफू इच्छुक रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?