Comments Add Comment

‘टिष्टा पारिको साइनो’मा ‘सपनाले लुट्यो’

tista-pariko-saino
खिलबहादुर गुरुङले निर्देशन गरेको चलचित्र ‘टिष्टा पारिको साइनो’मा समावेश ‘सपनाले लुट्यो कहिले’ बोलको गीत सार्वजनिक भएको छ । वियोगान्त शैलीको यो गीतमा राज सिग्देलको आवाज, आँशु लामा र नर्जन गुरुङको संगीत छ ।

गोर्खा सिरिनचोक र लिगलिगकोट फिल्मस्को ब्यानरमा तयार भएको यो चलचित्रमा खिल गुरुङ, युनिता गुरुङ, अमिर गुरुङ, गजेन्द्र गुरुङ लगायतका कलाकारको अभिनय छ । यो चलचित्रको छायांकन गोरखाको बारपाकमा गरिएको छ ।

वाइके मेघी गुरुङ र रोजर गुरुङको निर्माण रहेको यो चलचित्रमा जगत गुरुङ र कमल गुरुङ सह-निर्माता छन् । चलचित्रमा  गुरुङ समाजको संकृतीको साथै यूवायूवतीविच हुने प्रेमलाई पनि उठान गरिएको छ । नेपाल र सिक्किमलाई जोड्ने काममा चलचित्रले मद्दत पुर्‍याउने विश्वास यसका निर्माताले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment