Comments Add Comment

सीमाङ्कनबारे निर्णय लिन एमालेको भेला चितवनमा

१४ मंसिर, काठमाडौं । नेकपा एमालेले तराई मधेसमा भइरहेको आन्दोलन र सीमाङ्कनमा देखिएको विवादबारे पार्टीको धारणा बनाउन तराईका २२ जिल्लाका नेताहरूको भेला चितवनमा आह्वान गरेको छ ।

Uml-New-Officeनेकपा एमाले केन्द्रको आयोजनामा तराईका २२ जिल्लाका अध्यक्ष, जिल्ला इन्चार्ज, केन्द्रीय सदस्य, सांसद तथा केन्द्रीय विभागका सम्वन्धित क्षेत्रका पदाधिकारीहरूको भेला मंसिर १९ र २० गते चितवनमा हुने भएको हो । भेलामा २२५ जना सहभागी हुनेछन् ।

भेलाको उदघाटन नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्माले ओलीले गर्ने एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले जानकारी दिए । भेलाको व्यवस्थापन, स्थान निर्धारणको जिम्मा जिल्ला कमिटी चितवनलाई दिइएको छ ।

त्यसका लागि एमाले चितवनका अध्यक्ष थपलियाको नेतृत्वमा पार्टी पदाधिकारी र सचिवालय सदस्य रहने गरी ७ सदस्यीय मुल व्यवस्थापन समिति र जिल्ला इन्चार्ज कृष्ण खनालको नेतृत्वमा देवि ज्ञवाली, बिष्णु घिमिरे, झिल्लु तिवारी लगायतको परामर्श समिति गठन गरिएको छ ।

मधेसमा २ प्रदेश हुनुपर्ने भन्दै झण्डै १ सय दिनभन्दा बढी समयदेखि मधेसी मोर्चाले आन्दोलन गरिरहेको सन्दर्भमा सत्ताको नेतृत्व समेत लिएको एमालेले तराईका २२ जिल्लालाई समेट्ने गरी गर्न लागेको भेलालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

‘अहिले पार्टीमा यसबारे तिव्र बहस भैरहेको छ । भेलामा सहभागी सबैको धारणा बुझेर पार्टीको आधारिक धारणा सार्बजनिक गर्छौं,’ एमाले चितवनका अध्यक्ष थपलियाले भने ।

एमालेका तराईका जिल्लाका नेताहरूले यसअघि नै तराई मधेसलाई पहाडका जिल्लासँग पनि जोड्ने गरी सीमाङ्कन हुनुपर्ने माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment