Comments Add Comment

सांग्रिला डेभलपमेन्ट बैंक २०.८५ प्रतिशत बोनस सेयर दिने

१५ मंसिर, काठमाडौं । सांगि्रला डेभलपमेन्ट बैंकले सेयरधनीलाई चुक्ता पुँजी (७३ करोड ६० लाख रुपैयाँको) २०.८५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बैंकको हालै बसेको १ सय ५६औं सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई बोनस सेयर दिने निर्णय गरेको हो ।

Sangrila developmentसञ्चालक समितिको निर्णय नियामक राष्ट्र बैंक र बैंककै आगामी सञ्चालक समितिले स्वीकृत गरेपछि मात्रै वितरण गरिने छ ।

चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा बैंकले ८ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकले ५ करोड १ लाख संचालन नाफा कमाएको छ ।

कात्तिक मसान्तसम्ममा बैंकले प्रवाह गरेको कूल कर्जामा खराब कर्जाको मात्रा ०.४७ प्रतिशत मात्रै छ । देशभर रहेका २८ शाखा कार्यालय, ११ एटीएमबाट करिब १ लाख ४० हजार ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

निकट भविष्यमै बैंकले कर्णाली अञ्चलको जुम्ला, ललितपुरको इमाडोल, बर्दियाको गुलरियामासमेत थप शाखाहरु खोल्न नेपाल राष्ट्र्र बैंकबाट स्वीकृति प्राप्त गरिसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र पौडेलले जानकारी दिए ।

बैंकले ग्राहकलाई अत्याधुनिक मोबाईल बैंकिङ तथा ईन्टरनेट बैकिङ सेवालगायत एबीबीएस सेवा, क्षेत्रीय कार्यालय न्यूरोड पोखरा र धम्बोझी चोक नेपागञ्जबाट लकर सेवा, सुनचांदी धितो कर्जा सेवा, ३६५ दिन बैंकिङ सेवा र सन्ध्या कालिन काउन्टर सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

न्युरोड पोखरा, दुलेगौंडा तनहुँ, बाग्लुङ तथा अमरापुरी नवलपरासीलगायतका शाखा कार्यालयहरुबाट अति विपन्नवर्गका ब्यक्तिहरुलाई सामुहिक जमानीको आधारमा बिना धितो लघुबित्त कर्जा समेत प्रदान गर्दै आईरहेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment