+
+

सप्तरीमा पत्रिकाहरु मधेसी मोर्चाको नियन्त्रणमा

१ पुस, राजविराज । चार महिनाभन्दा बढी समयपछि आएको राष्ट्रिय दैनिक पत्रिकाहरु मधेसी मोर्चा सप्तरीका नेता-कार्यकर्ताहरुले बुधबार बिहान नियन्त्रणमा लिएका छन् । लामो समयपछि आएका पत्रिकाहरु पसलमा बिक्री भइरहेको अवस्थामा मोर्चाका स्थानीय नेता-कार्यकर्ताहरुले नियन्त्रणमा लिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १ गते १०:५४

Saptari-ma-Patrika-kabja

एस.के.शान
१ पुस, राजविराज । चार महिनाभन्दा बढी समयपछि आएको राष्ट्रिय दैनिक पत्रिकाहरु मधेसी मोर्चा सप्तरीका नेता-कार्यकर्ताहरुले बुधबार बिहान नियन्त्रणमा लिएका छन् । लामो समयपछि आएका पत्रिकाहरु पसलमा बिक्री भइरहेको अवस्थामा मोर्चाका स्थानीय नेता-कार्यकर्ताहरुले नियन्त्रणमा लिएका हुन् ।

पत्रिका बिक्री भइरहेको स्थानीय उपयोगी पसलबाट कान्तिपुर, नागरिक, काठमाडौं पोष्ट र अन्नपूर्ण दैनिक नियन्त्रणमा लिएको पसल संचालक उत्तम भुजेलले जानकारी दिए । उनका अनुसार २ सय ६४ वटा कान्तिपुर, ४० वटा नागरिक, ६ वटा अन्नपूर्ण पोष्ट मोर्चाले नियन्त्रणमा लिएको छ ।

सप्तरीसहित मधेसका जिल्लामा भएको आन्दोलनको समाचार सम्प्रेषण नगर्ने राष्ट्रिय दैनिकहरुलाई बिक्री गर्ने कुनै अधिकार नभएको मोर्चाले जनाएको छ । मोर्चाको एक घटक संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र साहले कहिल्यै पनि मधेस आन्दोलनको समाचार नदिई ठीक उल्टो सम्प्रेषण गरेकाले कब्जामा लिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?