Comments Add Comment

अब गुलामी स्वीकार्य छैन : उपेन्द्र यादव

Upendra Yadav

२२ पुस, पर्सा । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले तयार गरेको संशोधन प्रस्ताव आन्दोलनरत मोर्चालाई मान्य नभएको बताएका छन् ।

फोरम नेपाल पर्साले क्षेत्र नं. २ को बगहीमा आयोजना गरेको ‘बृहत पार्टी प्रवेश कार्यक्रम’ लाई सम्बोधन गर्दै अध्यक्ष यादवले मोर्चाले उठाएको मागअनुसार संविधान संशोधन नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिए ।

‘विरोधका बावजुद जबरजस्ती संविधान जारी गरिएजस्तै संशोधन पनि बलपूर्वक गर्न खोजिए मोर्चालाई त्यो मान्य हुँदैन’, फोरम नेपालका अध्यक्ष यादवले भने, ‘मोर्चाले स्वामित्वग्रहण गर्ने गरी सहमतिमा संशोधन गरे मात्र मुलुकले निकास पाउँछ ।’

उत्पीडनमा परेका मधेसी, आदिवासी जनजाति, मुस्लिम, थारु, महिलालगायतले उठाएको माग नयाँ संविधानमा सुनिश्चित नहुँदासम्म आन्दोलन जारी रहने यादवले बताए ।

‘यो अधिकार प्राप्तिको लडाइँ हो, जनतालाई अब गुलामी स्वीकार्य छैन’- उनले भने ।

असन्तुष्ट पक्षको माग सम्बोधन गर्न नचाहेकाले गर्दा वार्ता सफल हुन नसकेको यादवले बताए । उनले भने- ‘सरकार आफैं वार्ता सफल हुन दिने पक्षमा छैन ।’

मोर्चाको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको आरोप लगाउँदै अध्यक्ष यादवले भने, ‘सरकारले समाधान चाहेको भए जनताले यदि हदसम्म दुःख पाउने थिएनन् ।’

एमाले कांग्रेस छाडेर यादवको पार्टीमा

Upendra-Yadav

मधेस आन्दोलनसँगै तराईमा कांग्रेस र एमाले छाडेर मधेसवादी दलमा पार्टी प्रवेश गर्ने क्रम बढेको छ ।

बुधबार पर्सामा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सत्तापक्षका केही कार्यकर्तालाई अबीर र माला लगाएर आफ्नो पार्टीमा प्रवेश गराएका छन् ।

पर्साको बगहीमा आयोजित कार्यक्रममा सत्तारुढ दल नेकपा एमाले, नेपाली काग्रेस र राप्रपाबाट पार्टी परित्याग गरी पूर्वगाविस उपाध्यक्ष विशुनदेव राउत कुर्मी, जयनरायण पटेल, छोटेलाल कुर्मी लगायतको नेतृत्वमा दुईसय भन्दा बढी नेता कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा फोरम नेपालका केन्द्रीय उपाध्यक्ष लालबाबु राउत, पर्सा जिल्ला अध्यक्ष प्रदीप यादव, केन्द्रीय सदस्य रामकिसोर यादव, विरेन्द्र यादव, विन्देश्वर यादव, बालकिसोर यादव लगायतका नेताहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment