+
+

‘चोर’ पक्राउ गर्ने क्रममा प्रहरी टोलीमाथि नै आक्रमण, प्रहरीले गोली चलायो

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष २३ गते १८:३०

२३ पुस, काठमाडौं । काठमाडौंको गोंगुब बसपार्क क्षेत्रमा ‘चोर’ पक्राउ गर्ने क्रममा प्रहरी टोलीमाथि नै आक्रमण भएको छ ।

Nepal Policeन्यूरोडको एक सुन पसलमा भएको चोरीमा संलग्न दिलबहादुर पुन, उमेश तामाङ र सन्तोष बयलकोटीलाई पक्राउ गर्ने क्रममा उनका आफन्तले प्रहरीमाथि आक्रमण गरेको हो । आक्रमणमा परी प्रहरी नायव निरीक्षक गोपाल थापासहित केही प्रहरी घाइते भएका छन् ।

जवाफी कारबाहीका क्रममा एक राउण्ड गोली चलाइएको महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले अनलाइनखबरलाई बताए । प्रहरीको गोली लागेर अमृत बयलकोटी घाइते भएका छन् । उनको तिघ्रामा गोली लागेको छ र टिचिङ अस्पतालमा उपचार भइरहेको छ । उनी दिलबहादुर पुनको समूहको साथी भएको प्रहरीले बताएको छ ।

उनीहरुले पुस दोस्रो साता न्यूरोडस्थित न्यू लक्ष्मी सुनचाँदी पसलबाट झण्डै एक किलो सुन चोरी गरेको प्रहरीले बताएको छ ।

पलसका सञ्चालक विष्णु रिजालको बुद्धनगरस्थित घरबाट साँचो चोरेर न्यूरोडस्थित पसल फोडेर चोरेका थिए ।

पक्राउ परेका दिल वहादुर पुन २०६९ सालमा जिल्ला म्याग्दी दरवाङ स्थित गोबिन्द थापाको घरमा भएको चोरी घटनामा संलग्न रहेको अभियोगमा ३ वर्ष जेल परेका थिए । उमेश तामाङ भने ०७१ सालमा म्याग्दीको वेनी महोत्सवमा भएको लुटपाट तथा झै झगडा घटनामा केही सार्वजनिक अपराधको मुद्दामा ५१ हजार धरौटीमा छुटेका थिए ।

प्रहरीका अनुसार उनीहरूको समूह मुख्य मुख्य शहरहरुमा सुन चाँदी गहना घर तथा पसल पसलको सटर फोडेर तथा चावी मिलाएर नगद, सुनचाँदीका गरगहना, ल्यापटप, लगाएतका सामानहरु चोरी गर्ने गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?