+
+

यस्तो देखियो मिस नेपालको काठमाडौं अडिसन (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ५ गते २०:२५

काठमाडौं । मिस नेपाल २०२४ को देशब्यापी अडिसन सम्पन्न भएको छ । शनिबार ललितपुरको हिमालय होटलमा १२६ सुन्दरीले अडिसन दिए ।

यसअघि सातै प्रदेशका प्रमुख सहर पोखरा, बिर्तामोड, इटहरी, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र सुर्खेतमा क्षेत्रीय अडिसन भैसकेको छ । काठमाडौंसहित देशब्यापी डेढसय सुन्दरीले अडिसनमा भाग लिएको हिडन ट्रेजरले जनाएको छ ।

अन्तिम अडिसनमा आवेदन सुन्दरीको ठूलो भीड देखियो । बिहानदेखि सुरु अडिसन बेलुकासम्म चलेको थियो । विभिन्न पेशा व्यवसायदेखि विद्यार्थी सुन्दरीले अडिसन दिएका थिए ।

यस वर्ष पनि मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल विधामा प्रतिस्पर्धा हुनेछ । यसवर्ष मिस नेपाल आयोजनाको ३० औं वर्षगाँठ पनि मनाउने कार्यक्रम छ । ग्राण्ड फिनाले साउन १९ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?