News Summary
Generated by OK AI. Editorially reviewed.- मिस नेपाल २०२६ को ग्रान्ड फिनाले आज हुँदैछ जसमा २४ जना सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
- द हिडन ट्रेजरले आयोजना गर्ने कार्यक्रममा मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल कस्मो उपाधि प्रदान गरिनेछ ।
- हिमालय टेलिभिजनले आज साँझ ४ बजेदेखि कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्नेछ ।
काठमाडौं । मुलुकले आज बेलुकासम्म नयाँ मिस नेपाल पाउनेछ । ‘मिस नेपाल २०२६’ को ग्रान्ड फिनाले आज हुँदैछ र उपाधिका लागि २४ जना सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् ।
यसवर्ष मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल कस्मो उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । द हिडन ट्रेजरले आयोजना गर्दै आइरहेको मिस नेपालको आजको संस्करणमा सहभागी हुन मिस कस्मोसहितका अन्तर्राष्ट्रिय पाहुना पनि काठमाडौंमा छन् ।
मुख्य तीन विधाबाहेक कम्तीमा १ दर्जन सहविधाका विजेता पनि घोषणा गर्ने कार्यक्रम छ । हिमालय टेलिभिजनले ४ बजेदेखि फिनालेको प्रत्यक्ष प्रसारण गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4