News Summary
Generated by OK AI. Editorially reviewed.- मिस कस्मो २०२५ योलिना लिन्डक्विस्टसहितको टोली मिस नेपालको ग्रान्ड फिनालेमा सहभागी हुन काठमाडौं आइपुगेको छ ।
- मिस कस्मोकी विजेता योलिनाले मिस नेपालको फिनालेमा निर्णायकको भूमिका निर्वाह गर्ने कार्यक्रम तय भएको छ ।
- अतिथि टोलीले नेपालमा रहँदा विभिन्न ऐतिहासिक सम्पदाको भ्रमण गर्नुका साथै सगरमाथाको पर्वतीय उडानसमेत भर्नेछन् ।
काठमाडौं । ‘मिस नेपाल’ को ग्रान्ड फिनाले कार्यक्रममा सहभागी हुन ‘मिस कस्मो २०२५’ योलिना लिन्डक्विस्टसहितको टोली काठमाडौं आइपुगेको छ ।
टोलीमा मिस कस्मोका सीइओ ट्रान भिएट बाओ होआङ र मिस कस्मो उपविजेता चेल्सी फर्नान्डेज पनि छन् । उनीहरूलाई मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकार र मिस कस्मो नेपाल दीपशिखा नेपालले स्वागत गरे ।
तीमध्ये मिस कस्मो योलिना मिस नेपालको फिनालेमा जजको रुपमा सहभागी हुनेछिन् । यो टोलीले भक्तपुर, पाटन र स्वयम्भुजस्ता सम्पदा घुमघाम गर्नेछन् भने सगरमाथाको पर्वतीय उडान पनि भर्ने कार्यक्रम छ ।
३ तारिखमा उनी फर्किने जनाइएको छ । यसवर्षको मिस नेपालको फिनाले तयारी अन्तिम चरणमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4