News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘माया भनेकै यस्तो होला’ को छायांकन २७ औं दिनमा आइतबार सकिएको छ।
- अभिनेत्री रेखा थापाले ८ वर्षपछि निर्देशनमा फर्केर यो फिल्म निर्देशन गरेकी छन्।
- फिल्म आउँदो तीज पर्वको अवसरमा प्रदर्शन हुने जनाइएको छ।
काठमाडौं । फिल्म ‘माया भनेकै यस्तो होला’ को छायांकन सकिएको छ । २७ औं दिनमा आइतबार यो फिल्मको छायांकन टुंगिएको हो । यो फिल्ममार्फत अभिनेत्री रेखा थापा ८ वर्षपछि निर्देशनमा फर्किएकी छन् ।
‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता फिल्म निर्देशन गरिसकेकी रेखाको यो तेस्रो निर्देशकीय फिचर हो । ‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको फिल्ममा नेपाली कला क्षेत्रका दिग्गजदेखि वर्तमानका चर्चित अनुहारको जम्बो टोली छ ।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठसँगै पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ । विशेष भूमिकामा पूर्वमिस नेपाल उषा खड्गीको पनि अभिनय छ ।
यस हिसाबले फिल्ममा एक साथ चार मिस नेपाल समेटिएका छन् । अन्य कलाकारमा लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेल लगायतको अभिनय छ ।
हरिनारायण श्रेष्ठ र मायादेवी श्रेष्ठ निर्माता रहेको फिल्मले प्रेमकथाका माध्यमबाट सामाजिक भावनालाई उठान गरेको छ ।
ध्रुव लम्सालको पटकथा लेखन र सुदीप बरालको छायांकन रहेको फिल्ममा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, संगीत प्रशान्त सिवाकोटी, ड्रेस डिजाइनर सुजेनी मल्ल, मेकअप प्रिया कार्की, प्रोडक्सन सुमन तिवारी छन् ।
आउँदो तीज पर्वको अवसरमा फिल्मको प्रदर्शन हुने जनाइएको छ ।
प्रतिक्रिया 4