+
+
Shares

कविताः उहिले र अहिलेका टिनेजर

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १९ गते १५:२६

अप्सरा आचार्य

उहिलेका टिनेजरहरु लोकभाका गाउँथे
चियापसल चौतारीमै माया प्रिति लाउँथे
दुई चार कोश हिडेरै स्कुल कलेज जान्थे
चिउरा भुजा मकै भटमास जे भेटे नि खान्थे

अहिलेका टिनेजरहरु मस्त र्यापमा रमाउँछन्
माया प्रीति खोज्न पनि फेसबुक नै समाउँछन्
मोटर गाडि बाइक चढी स्कुल कलेज जान्छन
नुडल्स बर्गर पिज्जा अनि कोक फन्टा खान्छन्

उहिलेका टिनेजरहरु बा आमा भनि बोलाउँथे
मायालुका कुरा गर्न बा आमासँग लजाउँथे
प्रेमप्रत्र लुकाई लुकाई ट्याङकाभित्र राख्थे
मायालुलाई पाउँ भनि देवी देउता भाक्थे

अहिलेका टिनेजरहरु ड्याड मम् भनि बोलाउँछन्
मायालुकै कुरा गरी ड्याड मम् लाई भुलाउँछन्
फेसबुकका भित्ताहरुमा प्रेम प्रत्र लेख्छन
बार क्लब रेष्टुरेन्टमा मायालुलाई भेट्छन्

उहिलेका टिनेजरहरुको पहिरन नै बेग्लै
लगाएका लुगाहरु हुन्थे सबै सग्लै
न इन्टरनेट थियो  न त मोबाइल हातमा
न थियो आइप्याड हजुर न त हेडफोन कानमा

अहिलेका टिनेजरको हेर्न लायक गेटअप
टालेफाटेका लुगा लगाउँछन गर्छन छिनमै ब्रेकअप
झुन्डिरहन्छन वाईफाईमा चौबिसै घन्टा
न त घरको टेन्सन हजुर न त कामको टन्टा

दोष न अहिलेको न उहिलेको हजुर
समय र परिस्थितिसँग चल्नै पर्छ जरुर
भाई बहिनी नमान है दुखः कसैले नि रति
जो देखे भोगे सुने लेखे जाने जति ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?