Comments Add Comment

कोष्टाले चेल्सीलाई हारबाट जोगाए

Diego Costa२५ माघ, काठमाडौं । अतिरिक्त समयमा डिएगो कोष्टाले गरेको गोलको मद्धतमा चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडलाई बराबरीमा रोकेको छ ।

आइतबार राति भएको खेलमा चेल्सीले म्यानचेष्टर युनाइटेडलाई १-१ को बराबरीमा रोकेको हो । यससँगै चेल्सीले अन्तरिम प्रशिक्षक गुस हिडिङको नेतृत्वमा अपराजित यात्रा कायमै राखेको छ ।

चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । ६१ औं मिनेटमा लिनगार्डले गोल गर्दै भ्रमणकारी टोली युनाइटेडलाई अग्रता दिलाए ।

तर, अतिरिक्त समयमा कोष्टाले गोल गर्दै चेल्सीलाई घरेलु मैदानमा हारबाट जोगाएका छन् ।

बराबरीपछि युनाइटेड २५ खेलबाट ४१ अंकका साथ पाँचौं स्थानमा छ भने ३० अंक जोडेको चेल्सी १३ औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment