Comments Add Comment

स्वदेशमै उद्यम गर्न सम्झाउँदै गायक घनश्याम

JhanaShyam-Rijal

घर शुन्य भो भन्न थाले गाउँका बुढापाका
बजार तिरै र्झन थाले अलिअलि भाका
ए बुढा फर्की आउ गाउँमै, गाउँमा एउटा व्यापार थालम्ला
भएनी ठिकै छ नभएनी बाख्रा पालम्ला

नेपालीका लागि वैदेशिक रोजगारी वाध्यता र रहर दुबै बन्न पुगेको छ । स्वदेशमै स्वरोजगार बन्ने अनेकौं विकल्प भएपनि वैदेशीक रोजगारीमा जानेहरुको लाइन देखिन्छ ।

दैनिक १५ सय युवाहरु वैदेशिक रोजगारीमा गइरहेका छन् । अधिकांश युवाहरु विदेशीन थालेपछि गाउँघर शुन्य हुन थालेको छ । अलिअलि भएका पनि बजारतिर झरेर बस्न थालेका छन् ।

आफ्नै मुलुकमा सम्भवना नदेखेर विदेशीरहेका युवाहरुलाई स्वदेशमै स्वरोजगार बन्न प्रेरित गर्दै लोकदोहोरी गायक घनश्याम रिजालले नयाँ गित बजारमा ल्याएका छन् । ‘घर शुन्य भो’ गीतको सफलतापछि उनले बाख्रा पालम्ला बोलको सन्देशमुलक गीत बजारमा ल्याएका हुन् ।

Bakhra-Palamla

युवाहरु विदेशीने होइन, आफ्नै भूमिमा केही गर्नुपर्छ भन्ने सन्देश रिजालको गितमा पाइन्छ । छोरो विदेशीने र बुहारी शहर पसिदिँदा गाउँका खेतवारी बाँझै भएको रोचक तथ्य गीतमा समावेश गरिएको छ । पाखाबारी बाँझै भएपनि यूवाहरु पैसा कमाउन विदेश हाँकिरहेको यथार्थ विडम्बनालाई लोकलयबाट व्यक्त गरिएको छ ।

गीतमा श्रीमतिले आफ्नो विदेशीएको श्रीमानलाई स्वदेश फर्किएरै केही गर्नका लागि आग्रह गरेकी छिन् । स्वदेशमै सम्भावित व्यापार व्यवसाय थालनी गर्न आतुरतालाई देखाउँदै पशुपालन, कृषि र पर्यटनमा प्रशस्त सम्भावना रहेको गीतमार्फत सन्देश प्रभाव गरिएको छ ।

गीतमा गायक रिजाल र गायीका मधु चापागाईंको स्वर रहेको छ । प्राप्ती म्यूजिक एण्ड क्रियशनबाट बजारमा आएको गीतमा राजन कार्कीको लय र कोरस सुन्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment