Comments Add Comment

१२औं सागः उसुमा थप तीन रजत

sabita-rai-wushu

२७ माघ, सिलोङ । भारतमा जारी बाह्राैं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज उसुमा नेपालले थप दुइ रजत पदक जितेको छ ।

उसुको महिला सान्सु स्पर्धातर्फ नेपालकी झरना गुरुङ, जुनी राई र बिन्दू पुन मगरले रजत पदक जितेका हुन् ।

झरनाले ५२ केजी तौल समूहमा रजत पदक प्राप्त गरिन् । स्वर्ण पदकका लागि भएको प्रतिष्पर्धामा उनी भारतकी युमनाम सनाथोइ देबीसाग २/० ले पराजित भइन् । उनीबाट नेपालले स्वर्णको आशा गरेपनि फाइनलमा सोंचे अनुसार प्रदर्शन गर्न सकिनन् ।

त्यस्तै, सोही स्पर्धाको ६० केजी तौल समूहमा नेपालकी जुनी राइले रजत पदक जितिन् । आज स्वर्ण पदकका लागि भएको प्रतिष्पर्धामा भारतकी अरुणनपमा देवीसाग २/० ले नै पराजित भएपछि उनी रजत पदकमा सिमित भइन् ।

त्यस्तै स्वर्णको आशा गरिएको ७० केजी तौल समूहमा नेपालकी विन्दु पुन मगरले भारतकी पूजा काडियासाग २/० ले नै पराजित भइन् ।

यो संगै उसुतर्फ नेपालले पदक सङ्ख्या ११ पुर्‍याएको छ । उसुमा नेपालले १ स्वर्ण ९ रजत र १ काश्य जितेको छ ।

यसअघि यसअघि नेपालकी निता घर्तीमगरले स्वर्ण जितेकी थिइन् भने बिजय सिञ्जाली, सुस्मिता तामाङ, युवराज थापा, विश्व बुढामगर, हरिप्रसाद गोले र सविता राईले रजत जितिसकेका छन् । त्यस्तै सरोज पुनले काश्य जितेका छन् ।

जितसंगै नेपालले पदकसङख्या २६ पुर्‍याएको छ । जसमा १ स्वर्ण ९ रजत र १५ काश्य छन् ।

यसअघि आजै भएको स्पर्धामा उसुको थाउलोतर्फ हरिप्रसाद गोले र सविता राईले रजत जितेका थिए । दुवै भारतीय खेलाडीसंग पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment