Comments Add Comment

यसरी राखेका थिए बलिउड हिरोले प्रेम प्रस्ताव

मुम्बई । भ्यालेन्टाइन डे अर्थात प्रेमदिवस नजिकिँदै गर्दा कलाकारका प्रेमथाले चर्चा पाउन थालेका छन् ।

बलिउडका धेरै कलाकारले प्रेमविवाह गरेका छन् । कतिपयको प्रेम फिल्ममा जस्तै नाटकिय शैलिमा भएको थियो त कतिले अप्रत्यासित रुपमै प्रेम गरे ।

शाहरुख खानदेखि अभिषेक बच्चन समेतले आफ्नी प्रेमिका (अहिलेकी श्रीमति)लाई पट्याउन राम्र्रै मेहनत गर्नु परेको थियो । हेरौं बलिउड कलाकारले कहाँ कसरी प्रेम प्रस्ताब राखेका रहेछन्ः

SRK-Gauri

समुन्द्र किनारवाट सुरु शाहरुख गौरीको प्रेम

शाहरुख खानको प्रेमकथा उनको कुनै रोमान्टिक फिल्मको कथा भन्दा फरक छैन । गौरीसँगको भेट, उनलाई प्रेम प्रस्ताब र प्रेमप्रस्ताव राखिसकेपछि समाजसँग समेत लड्नु परेको थियो ।

शाहरुख र गौरीको पहिलो भेट दिल्लीमा आयोजित एक पार्टीमा भएको थियो । पहिलो नजरमै गौरी शाहरुखको मनमा बसेकी थिइन् । शाहरुखले पिछा गरेरै गौरीलाई साथी बनाएका थिए भने समुन्द्र किनारमा प्रेमप्रस्ताव राखेका थिए ।

शाहरुखको प्रस्ताव गौरीले तत्कालै स्वीकार गरेकी थिइन् । सन १९९१ मा उनीहरुको हिन्दु परम्परा अनुसार विवाह भएको थियो ।

आकाशमै प्रस्ताव राखे फरदिनले

फिरोज खानका छोरा फरदिन खानले पनि प्रेमपछि विवाह गरेका थिए । उनले फिल्ममा काम गरेर त त्यति धेरै चर्चा कमाउन सकेनन् तर, रोमान्सको मामलामा चर्चामै रहे ।

उनले आफ्नी श्रीमति नताशालाई आकाशमै प्रस्ताव राखेका थिए । ट्रान्स एटलान्टिक फ्लाईट मार्फत लण्डनवाट अमेरिका जाने क्रममा फरदिनले प्रस्ताव राखेका थिए ।

ash abhi

कौशीमै प्रस्ताव राखे अभिषेकले

केही दिन अघि मात्रै ४० औं जन्मउत्सव मनाएका अभिषेक बच्चनको विवाह भएको ९ वर्ष पुगेको छ । उनले आफ्नी श्रीमति ऐश्वर्या राय बच्चनलाई न्यूयोर्कमा प्रस्ताव राखेका थिए ।

मणिरत्नमको निर्देशनमा बनेको चलचित्र ‘गुरु’ मो सुटिङको सिलसिलामा उनीहरु दुबै न्यूयोर्कमा थिए । आफु बसेकै होटलमा कौशिमा बसेर कुराकानी गर्ने क्रममा अभिषेकले प्रेम प्रस्ताव राखेका थिए । ऐश्वर्याले प्रस्ताव स्वीकार गरे लगत्तै उनीहरुको विवाह भएको थियो ।

स्टेजवाटै आई लभ यू

गायक एवं अभिनेता आयुष्मान खुरानाको प्रेमशैलि पनि कुनै फिल्मको कथा जत्तिकै रोचक छ । आयुष्मान निकै लजालु स्वभावका थिए ।

पञ्जाब युनिभर्सिटी पढ्दै गर्दा उनको प्रेमिका ताहिरासंग भेट भएको थियो तर, लजालु स्वभावका आयुष्मानले प्रेमप्रस्ताब राख्ने हिम्मत गर्न सकेनन् ।

एकदिन केही साथीहरुसंग मिलेर कलेजमा एउटा कार्यक्रम गर्ने योजना बनाए । सानो स्टेज, अगाडी गुलाबको फूल, ब्याकराउन्टमा मधुरो संगीत र क्यान्डल लाईट । सबै साथीहरु जम्मा भएर रमाईलो गरिरहेको बेला एक्कासी आयुष्मानले भने ‘ताहिरा आई लभ यू…’

जर्वजस्ती प्रेम प्रस्ताव

भनिन्छ प्रेमको मामलामा देअल परिवार निकै अगाडी छ । बबी देओलको अफेयरको वारेमा थोरैलाई मात्रै जानकारी छ । उनको अहिलेकी श्रीमति तान्यासँग पहिलो भेट मुम्बइको एउटा रेष्टुरेन्टमा भएको थियो ।

तान्याको सौन्दर्यले भुतुक्कै भएका बबीले लगातार फोन गरेर भेटन आग्रह गरे । सुरुमा बबीसँग भेटन अस्वीकार गरेकी तान्या अन्तत भेटन वाध्य भइन् । पहिलो भेटमै बबीले प्रेम प्रस्ताब राखेपछि स्वीकार्न वाध्य भइन् । सन १९९६ मा उनीहरुको विवाह भएको थियो ।

बहिनीलाई साथी बनाएर दिदीलाई आई लभ यू

सुनिल शेट्ठी र मानाको प्रेमकथा एक पेष्ट्री पसलवाट सुरु भएको थियो । जहा, सुनिलले पहिलो पटक मानालाई देखेका थिए । भन्छन् मानाको मुस्कान देखेर सुनिल पागल भएका थिए ।

सुनिलले मानालाई सहजै प्रेमप्रस्ताव राख्न सकेनन् । दिदीलाई पट्याउनका लागि उनले सबै भन्दा पहिला मानाकी बहिनीलाई साथी बनाए । बहिनीले नै माना र सुनिलको भेट गराईन् । नौ वर्षको अफेरपछि उनीहरुको विवाह भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment