Comments Add Comment

भोलि निजी सवारीले ६७ पम्पबाट पेट्रोल पाउने (सूचीसहित)

mayara volaram petrol pump tripureshwor२९ माघ, काठमाडौं । नेपाल आयल निगमले भाेलि शनिबार काठमाडौं उपत्यका आसपासका क्षेत्रमा झण्डै ३ लाख ५० हजार लिटर पेट्रोल वितरण गर्दैछ ।

यो सबै पेट्रोल निजी सवारीका लागि वितरण हुनेछ । निगमले वीरगञ्जबाट पेट्रोल आपूर्ति बढेपछि सामान्य अवस्थामा माग हुने बराबरकै परिमाणमा पेट्रोलको वितरण थालेको हो ।

तर, लामो समयको अभावपछि तत्काल वितरण सहज नहुने भन्दै निगमले शनिबारका लागि ६७ वटा पम्पलाई निजी सवारीमा तेल वितरणको जिम्मा दिएको छ । अब दैनिक रुपमा ३ लाख ५० हजार लिटर पेट्रोल वितरण हुनेछ ।

अब कुनै लट तोकिने छैन । सबै लटठका सवारीले पम्पमा लाइन बस्न पाउनेछन् । मोटरसाइकलले ५ र कार तथा जीपले १५ लिटर पेट्रोल भर्न पाउनेछन् ।

शनिबार पेट्रोेल वितरण हुने पम्पहरुको सूची

petrol-saturday petrol-saturday2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment