Comments Add Comment

पुरुष, महिला म्याराथन दुबैमा नेपाल पराजित

SAG-1२९ माघ, गुवाहाटी । १२औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज भएको पुरुष तथा महिला दुबै म्याराथनमा नेपाल पदकबिहीन भएको छ । दुवैतर्फ नेपाल पाचौं भएको हो ।

गुवाहाटीमा आज भएको म्याराथनमा नेपालका भुमीराज राई पाचौं भए । उनले निर्धारित दुरी २ घण्टा ३२ मिनेट २१ सेकेण्डमा पार गरेका हुन् । त्यस्तै, नेपालकै खिमबहादुर खत्रीले २ घण्टा ३९ मिनेट ५६ सेकेण्डमा पार गर्दै छैटौं भए ।

म्याराथनमा भारतका नितेन्दर सिंह राउतले २ घण्टा १५ मिनेट १८ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जिते । श्रीलंकाका इन्द्रजित कुर्रेले २ घण्टा १५ मिनेट १९ सेकेण्डमा सो दुरी पार गर्दै रजत र भारतकै खेठारामले २ घण्टा २१ मिनेट १४ सेकेण्डमा उक्त दुरी पार गर्दै काश्य जिते ।

दक्षिम एशियाली खेलकुदमा नेपालले धावक बैकुण्ड मानन्धरको नाममा कीर्तिमान छ । तेस्रो सागमा मानन्धरले २ घण्टा १५ मिनेट ३ सेकेण्डको टाईमिङ अहिलेसम्म कुनै दक्षिण एशयाली धावकले तोड्न सकेका छैनन् ।

यता महिला म्याराथनमा नेपालकी स्वरुपा खड्का पाचौं भएकी हन् । उनले निर्धारित दुरी ३ घण्टा १२ मिनेट ०१ सेकेण्डमा पुरा गरिन् ।

यस स्पर्धामा भारतकी कविता राउतले २ घण्टा ३८ मिनेट ३८ सेकेण्डमा उक्त दुरी पार गर्दै स्वर्ण जितिन् । त्यस्तै श्रीलंकाकी एनजे राजासेकाराले २ घण्टा ५० मिनेट ४७ सेकेण्डमा दुरी पार गर्दै रजत र  श्रीलंकाकै अनुराधीले २ घण्टा ५२ मिनेट १५ सेकेण्डमा उक्त दुरी पार गर्दै काश्य पदक जितिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment