Comments Add Comment

महिला ट्रायथोलनमा नेपाललाई काश्य

सन्देश श्रेष्ठ

१ फागुन, पोखरा । भारतमा जारी १२औं दक्षिण एसियाली खेलकुद -साग) को महिला ट्रायथोलन स्पर्धामा नेपालले काश्य पदक जितेको छ ।

गुवाहाटीमा शनिबार भएको प्रतिष्पर्धामा नेपालकी रोजा केसीले तेश्रो हुँदै काश्य पदक जितेकी हुन् । उनले निर्धारित दुरी घण्टा १६ मिनेटमा पार गरिन् ।

सो स्पर्धामा भारतकी पल्लवी रेतीवालाले १ घण्टा ११ मिनेट ५७ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक जितिन् भने भारतकै पूजा चौरुसीले १ घण्टा १२ मिनेट ३६ सेकेण्डमा दुरी पार गर्दै रजत पदक हात पारिन् ।

नेपालकी अर्की प्रतिष्पर्धी यामकुमारी घर्ती पाचौं भइन् । उनले १ घण्टा २० मिनेट २९ सेकेण्डमा निर्धारित दुरी पार गरिन् ।

पुरुष ट्रायथोलनमा नेपालका रुद्र कुमाल पाचौं र टिकाराम थापा छैटौं भए । कुमालले निर्धारित दुरी २ घण्टा २३ मिनेट ४० सेकेण्डमा पार गरे भने थापाले २ घण्टा ३० मिनेट ३३ सेकेण्डमा पार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment