Comments Add Comment

सण्डरल्याण्डले म्यानचेष्टर युनाइटेडलाई हरायो

Sunderland

१ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा सण्डरल्याण्डले म्यानचेष्टर युनाइटेडलाई हराएको छ । जितसँगै सण्डरल्याण्डले रेलिगेशनबाट बच्ने सम्भावना जिवितै राखेको छ ।

शनिबार भएको खेलमा सण्डरल्याण्डले म्यानचेष्टर युनाइटेडलाई २-१ ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा सण्डलल्याण्डले तेस्रो मिनेटमा नै खाज्रीको गोलमा अग्रता लिएको थियो ।

तर, ३९ औं मिनेटमा म्यानचेष्टर युनाइटेड मार्टिअलले बराबरी गोल फर्काए । तर, ८२ औं मिनेटमा युनाइटेडका गोलरक्षक डि जियाले आत्मघाती गोल गरेपछि सण्डरल्याण्डले महत्वपूर्ण ३ अंक हात पारेको छ ।

जितसँगै सण्डरल्याण्ड २३ अंकका साथ १८ औं स्थानमा छ भने ४१ अंक जोडेको युनाइटेड पाँचौ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment