२९ फागुन, काठमाडौं । नेपाली कांग्रेसको महिला आरक्षणतर्फ सभापति शेरबहादुर देउवा समूहका चार उम्मेदवार विजयी भएका छन् भने रामचन्द्र पौडेल प्यानलका दुई उम्मेदवार निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न मत गणनामा डा. डिला संग्रौला, पुष्पा भुसाल, कमला पन्त, सरिता प्रसाई, अम्बिका बस्नेत र ईश्वरी न्यौपाने विजयी भएका छन् । संग्रौला, भसाल बस्नेत र न्यौपाने देउवा समूहका हुन् भने पन्त र प्रसाई पौडेल समूहका हुन् ।
महिलातर्फ ३८ उम्मेदवार थिए । निवर्तमान केन्द्रीय सदस्य मिना पाण्डेसँगै मृदुला कोइराला, युवा नेतृ प्रतिमा गौतम, रीता खनाल पराजित भएकी छन् ।
पूर्व प्रधानमन्त्री सुशील कोइरालाको जनसम्पर्क सल्लाहकार रहेकी उनी पौडेल प्यालनलमा पर्न सकेकी थिइनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4