Comments Add Comment

बेलायती राजकुमार ह्यारी आउने अघिल्लो दिन दूतावास अगाडि प्रदर्शन

ex british army (1)५ चैत, काठमाडौं । बेलायती राजपरिवारका सदस्य राजकुमार हृयारीको नेपाल भ्रमण हुने अघिल्लो दिन गोर्खा भूतपूर्व सैनिक संघ गोसोले काठमाडौंस्थित बेलायती दूतावास अगाडि प्रदर्शन गरेको छ । साथै गेसोले दूतावासमार्फत बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई ज्ञापनपत्रसमेत बुझाएको छ ।

राजनीतिक तहमा नेपाल र बेलायत सम्बन्धको २ सयौं बर्षगाँठ मनाइरहँदा लैनचौरस्थित बेलायती दूतावास अगाडि भेला भएका करिव एक सयको सङ्ख्यामा रहेका गेसोका नेता एवं उनका परिवारले राजदूतमार्फत प्रधानमन्त्री डेभिड क्यामरुनलाई पाँच बुँदे ज्ञापनपत्र पठाएका हुन् ।

ex british army (7)ज्ञापनपत्रमा नेपाली नागरिकलाई बेलायती सेनामा पठाइएका बेला भएका गोप्य सन्धि सम्झौता सार्वजनिक गरिनुपर्ने, पहिलो र दोस्रो विश्वयुद्धका क्रममा मारिएका ६० हजार गोर्खा सैनिकका बारेमा बेलायत सरकारले जवाफ दिनुपर्ने लगायत उल्लेख छ ।

ज्ञापनपत्र बुझाएपछि प्रतिक्रिया दिँदै गेसोका अध्यक्ष पदमबहादुर गुरुङले ब्रुनाईका सुल्तानसँग बेलायत सरकारले टाउको गनेर नेपाली सैनिक बेच्ने गोप्य सम्झौता गरेको भन्दै आपत्ती जनाए ।
बेलायति राजदकुमार नेपाल आउने अघिल्लो दिन गेसोले दूतावास अगाडि प्रदर्शन गरेर आफ्ना मागप्रति बेलायत सरकारको ध्यान आकर्षण गर्न खोजेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment