Comments Add Comment

नेपाली फुटबल टिम मैत्रीपूर्ण खेलका लागि जेठ ११ गते इराक जाने

५ जेठ काठमाडौं । यही मे २९ (जेठ १५ गते) हुने इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिम मे २५ मा इराक प्रस्थान गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टोली र अफिसियल जेठ ११ गते कतार एयरलाइन्सको विशेष फ्लाइटबाट जाने जनाएको छ । कोरोना महामारीको दोस्रो भेरियन्टले गर्दा अहिले अन्तर्राष्ट्रिय उडानहरु बन्द छन् । त्यसैले एन्फाले विशेष फ्लाइटको व्यवस्था गर्ने भएको हो ।

नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेपछि फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत बाँकी ४ खेल खेल्न कुवेत जानेछ । समूह बी मा रहेको नेपालले चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलियासँग खेल्न बाँकी छ । यसअघि ५ खेल खेल्दा नेपालले एक खेल मात्र जितेको थियो ।

प्रो–लाइसेन्स प्राप्त कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी मुख्य प्रशिक्षक बनेयता नेपालको राष्ट्रिय टिमले पहिलो पटक खेल्दैछ । उनले भविष्यलाई मध्यनजर गर्दै यस पटक युवा खेलाडीहरु समेट्दै २३ सदस्यीय टिम घोषणा गरिसकेका छन् । जसमा ६ जनाले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् ।

नेपालले जुन ३ मा चाइनिज ताइपेईसँग खेल्नेछ भने जुन ७ मा जोर्डन तथा जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

नेपाली टोली जुन १२ मा (जेठ २९ गते) स्वदेश फर्किने एन्फाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment