Comments Add Comment

कलाकारको होलीमा देखिएका १० रोचक दृश्य(फोटो फिचरसहित)

rekha and aavash
मंगलबार परेको फागू पूणिर्माको अवसरमा नेपाली चलचित्रका कलाकारहरुले पनि खुबै रमाइलो गरे । विभिन्न संचारमाध्यमदेखि कलाकारले होलीको आयोजना गरे । जसमा गोपिकृष्ण टीभी फिल्मी, नायिका करिश्मा मानन्धरको घरमा आयोजित होली र नायिका रेखा थापा र निर्देशक आकाश अधिकारीले संयुक्त रुपमा आयोजना गरेको होलीमा कलाकारको उल्लेख्य उपस्थिती थियो । होलीका अवसर पारेर आयोजित कार्यक्रममा विभिन्न रोचक दृश्य देखिएः

१.गोपिकृष्ण टीभी फिल्मीले आयोजना गरेको होलीमा चलचित्र प्रचार गर्ने चलचित्रकर्मीको टोली धेरै देखियो । ‘के म तिम्रो होइन र, राहादानी, लुकामारी, आवगे, म त तिम्रै हुँ, रामप्यारी, नाई नभन्नु ल ४’ लगायतका चलचित्रका कलाकारले स्टेज पुगेर चलचित्र प्रमोशन गरे ।

२. नायिका करिश्मा मानन्धरले आयोजना गरेको होली पर्वमा पुग्ने अधिकांश कलाकार नृत्य गर्न तल्लिन देखिए । विशेषगरि, कुञ्जना घिमिरेलाई नृत्यले छोएको थियो ।rekha sabir aaryan

melina in holly
३. नायिका शिल्पा पोख्रेलले बिहे र इन्गेजमेन्टका बिषयमा मिडियासँग बोल्न मानिन् । तर, उनले सबै चलचित्रकर्मी र पत्रकारसँग रंग दलेर होलीको रमाइलो गरिन् ।

४. करिश्माको होलीमा डाक्टर बाबुराम भट्टराइको उपस्थिती विशेष देखियो । बाबुराम होली खेल्न पुग्दा करिश्मा खुशी देखिएकी थिइन् ।

५. महाराजगञ्जको रेड स्टूडियोमा आयोजित होलीमा नायिका रेखा थापा खुबै झुमिन् । रेखा र अन्य कलाकार हेर्नका लागि रेड स्टूडियो बाहिर राम्रै भीड लागेको थियो ।
lukamari team

rahadhani team in holly

sahima in gopi
६. चलचित्र ‘के म तिम्रो होइन र’का निर्माता सुरेश अधिकारीले चलचित्र ‘प्रेमगीत’को शिर्ष गीतमा गरेको नृत्यले सबैको ध्यान तान्यो । सुरेश र अर्का एक चलचित्रकर्मीले यो गीतमा वेजोड नृत्य गरे ।

७. आफू अभिनित चलचित्रको गीत बज्दा कलाकार बढी उत्साहित देखिए । चलचित्र ‘प्रेमगीत’को गीत बज्दा नायिका पूजा शर्मा रेड स्टूडियोमा हाबी देखिइन् भने चलचित्र ‘ब्रासलेट’को गीत बज्दा रजनी केसी करिश्मा निवासमा हाबी देखिइन् ।
aaryan and anu

rekha thapa in holly
८. करिश्माको होलीमा ‘धुर्मुस-सुन्तली’विच महिला र पुरुष अधिकारको कुरा समेत उठ्यो । सुन्तलीले त नायिका करिश्मा मानन्धरको प्रशंसा गर्दै महिला राष्ट्रपति भएको देशकै कुरा गरिन् ।

९. चलचित्र ‘क्लासिक र प्रेमगीत’ चल्दा दुश्मन जस्तो देखिएका निर्देशकद्धय सुदर्शन थापा र दिनेश राउत रेड स्टूडियोमा भने एक मिनेट पनि अलग भएनन् । स्टेजमा गीत बजिरहँदा दिनेश र सुदर्शन लामो समयसम्म भलाकुसारीमा मस्त रहे । लाग्थ्यो, लामो समयसम्म अलग भएका दुई साथी अकस्मात भेट भएका छन् ।
karisma and rejina

aaryan and karisma

gharana and shilpa

sushma and anu
१०. रेखाले टीभी फिल्ममा हाफ पाइन्ट लगाएर पुगेका महिला कलाकारलाई ‘प्यारी’ भन्दै फुर्काइन् । उनले आफूले पनि हाफ पाइन्ट लगाएको भन्दै गर्मी चढेको बताइन् । साथमा रेखाले दिदीका छोरा आभाषलाई प्रमोशन गर्न पनि छाडिनन् ।
saroj talk sefli

dhurmus suntali holly

kunjana dance
जेहोस्, मनमुटाव, रीस, आवेग र प्रतिस्पर्धामा बर्षभरि रुमल्लिने नेपाली चलचित्रका कलाकर्मीले होलीको दिनमा भने भावना साटासाट गरे ।

heroin holly

heroin dance

तस्बिर : श्रीधर पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment