Comments Add Comment

वर्षका उत्कृष्ट ५ निर्देशकः दिपेन्द्र खनालले बाजी मारे

top-5-producer-1कुनै पनि चलचित्र निर्माणमा सबैभन्दा ठूलो भूमिका निर्देशकको हुन्छ । एउटा राम्रो निर्देशकले पित्तललाई सुन बनाउने क्षमता राख्छ भने खराब निर्देशकले सुनलाई पनि पित्तल बनाइदिन्छ ।

पछिल्ला केही वर्षमा नेपाली चलचित्रले पित्तललाई सुन बनाउन सक्ने क्षमताका थुप्रै निर्देशकहरुले भेट्टाएको छ । यी युवा निर्देशकहरु भारतीय बि ग्रेडका बासी फर्मुलाबाट बाहिर निस्केर आफ्नो मौलिक स्वाद बोकेका फिल्म बनाउन उत्साही छन् । यसबाट नेपाली चलचित्रको गुणस्तर माथि उठेको महसुस दर्शकले पनि गरेका छन् ।

यद्यपि, यो विश्वव्यापी प्रवृत्ति नै हो कि सबै राम्रा चलचित्रले व्यापारिक सफलता पाउँदैनन् । अनि, मनग्गे पैसा कमाउने सबै फिल्मलाई राम्रा ठहर गर्न पनि सकिदैन । निर्देशकको वास्तविक चुनौति भनेको उत्कृष्टता र व्यवसायीकता एक साथ कायम राख्नु हो । वर्ष २०७२ को ५ उत्कृष्ट निर्देशकको छनोट गर्दा हामीले यसैलाई मुख्य आधार बनाएका छौं ।

५. उज्ज्वल घिमिरे

ujawal ghimire
विगतदेखि नै स्तरीय चलचित्र बनाएर चर्चा पाउदै आएका निर्देशक हुन्, उज्ज्वल घिमिरे । उनले यो बर्ष निर्देशन गरेको चलचित्र ‘वडा नम्बर ६’ले बक्स अफिसमा तहल्का नै मच्चायो ।

विगतमा उज्वल चल्तिका निर्देशक थिए । तर पछिल्ला वर्षमा उनले निकै कम चलचित्र निर्देशन गरे । केही समयको अन्तरालपछि वडा नम्बर ६ बाट उनी निर्दशनमा उत्रेका थिए । स्टार कमेडियनहरुलाई अभिनय गराएर ‘वडा नम्बर ६’ को कथावस्तुलाई पर्दामा ढाल्न उनको निकै मिहिनेत परेको छ ।

४. विकास आचार्य
bikash-acharya

निर्देशक विकास आचार्यको मुल्यांकन यो बर्ष रिलिज भएको ‘नाई नभन्नु ल ४’को व्यापारलाई मात्र हेरेर गर्नु अन्याय हुन्छ । वर्षमा १० प्रतिशत चलचित्र पनि सफल नहुने देशमा एउटै नाममा चलचित्र बनाएर चार पटकसम्म बेच्नु चानचुने कुरा होइन ।

दर्शक रुवाउन सिपालु निर्देशकका रुपमा चिनिन्छन् विकास । कतिले उनलाई भाग्यमानी निर्देशक पनि मान्छन् । यद्यपि भाग्यका बलमा मात्रै उनी यहाँसम्म आएका होइनन् । यो बर्ष नाई नभन्नु ल ४ का कारण विकास मिडियामा पनि छाइरहे ।

३.नारायण रायमाझी

Narayan-Raymajhi
नारायण रायमाझी निर्देशक मात्र नभएर गीतकार, गायक, संगीतकार, लेखक पनि हुन् । यो बर्ष उनले निर्देशन गरेको चलचित्र ‘परदेशी’ले बर्षकै धेरै कमाउने चलचित्रको सूचीमा आफूलाई राख्न सफल भयो । रायमाझीले लेखेको ‘फर्कियौ वाकसमा’ बोलको गीत पनि हिट भयो ।

‘गोर्खापल्टन र परदेशी’ जस्तो हिट चलचित्र दिएका नारायणको कथा भन्ने शैली पनि गजबको छ । उनले चलचित्र परदेशीमा नेपाली दाजुभाई तथा दिदीबैनीले खाडी मुलुकमा गएर भोग्नु परेको समस्या उठान गरेका छन् । कमै मात्र निर्देशक यस्ता हुन्छन्, जसले नेपाल भित्रको समस्यालाई यथार्थपरक रुपमा बुन्न सक्छन् । ५ करोडभन्दा बढी कमाएको यो चलचित्रका निर्देशक रायमाझीका समाचारलाई समेत अनलाइनखबरका पाठकले रुचीका साथ पढेका छन् ।

२. रामबाबु गुरुङ

Rambabu-gurung

युवा निर्देशक रामबाबु गुरुङ नेपाली चलचित्रका लागि एउटा ब्रान्ड बनिसके । उनले केवल दुईवटा चलचित्रबाट यो ब्रान्ड बनाएका हुन् । ‘कबड्डी’ को पहिलो संस्करणबाट उनलाई आशालाग्दा निर्देशकका रुपमा हेरिएको थियो भने दोस्रो संकरणबाट उनले आफूलाई स्थापित नै गरिदिए ।

कबड्डी कबड्डीले ५ करोडभन्दा बढी ग्रस कलेक्शन गर्‍यो । त्यसो त यो चलचित्र अघिल्लो चलचित्र ‘कबड्डी’ कै निरन्तरता थियो । तर, पनि दर्शकले रुचाए ।

समिक्षकले यो चलचित्रलाई औषत रेटिङ दिए । रामबाबु यो चलचित्र हिट भएपछि ‘पुरानो डुङ्गा’ निर्देशनमा लागेका छन् ।

१. दीपेन्द्र के खनाल
Dipendra-K-Khanal

निर्देशक दीपेन्द्र के खनाल र रामबाबुको चलचित्र मेकिङ शैली उस्तै छ । तर, यो बर्ष दीपेन्द्रले जुन बिषय रोजेर ‘पशुपति प्रसाद’ निर्देशन गरे, त्यो आफैमा विशेष थियो । पशुपति परिसरभित्रै २ घन्टासम्म दर्शकलाई अल्झाइरहनु सानो चुनौतिको काम होइन । यसैबाट उनको निर्देशकीय क्षमता पुष्टी हुन्छ ।

प्रदर्शनमा आएको २ दिनसम्म खासै दर्शक तान्न नसकेको यो चलचित्रले माउथ पब्लिसिटीको बलमा लगानी उठायो र ५ हप्तासम्म प्रदर्शन भयो । यसलेउ नेपालबाट २ करोड ग्रसको व्यापार गर्यो भने ओभरसिजबाट पनि राम्रो कमाई गर्यो ।

समिक्षकले समेत यसलाई उत्कृष्ट दर्जा दिएका छन् । फरक बिषयवस्तु र सर्वाधिक रुचाइएको चलचित्रका निर्देशक दीपेन्द्रलाई हामीले यो बर्षको उत्कृष्ट निर्देशकको रुपमा घोषणा गरेका छौ । उनी अहिले चलचित्र ‘चपली हाइट २’ निर्देशनमा सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment